क्योतो ।
मे २ मा कोरोना भाइरसको
संक्रमण देखिएका २० वर्ष कटेका एक स्थानीय युवकको क्योतोमा मृत्यु भएको छ । घरमै
स्वास्थ्यलाभ गरिरहेका ती युवाको गत बुधबार साँझमा मृत्यु भएको हो ।
उनी अस्पतालमै गएर आफ्नो
उपचार गराउन चाहन्थे । तर कुनै पनि अस्पतालले उनलाई भर्ती गर्न मानेन । उनमा दीर्घ
रोग थिएन । उनको मृत्यु कोभिडका कारण देखिएको निमोनियाले गर्दा भएको देखिएको छ ।
मृत्यु हुने युवा रेष्टुराँ उद्योगमा काम गर्दथे । उनी एक्लै बस्दथे । अप्रिल २९
मा उनलाई ३९ दशमलव ५ डिग्री सेल्सियस ज्वरो आयो । अनि ज्वरो र फलेग्म पनि भयो । मे
२ मा परीक्षणका क्रममा संक्रमण पूष्टि भयो । उनी भोलिपल्ट नै अस्पतालमा भर्ती हुन
चाहन्थे । उनको लागि स्थानीय जनस्वास्थ्य केन्द्रले क्योतो प्रिफेकचरल नियन्त्रण
केन्द्रमा शैया मिलाइदिन अनुरोध पनि गरे । तर उनलाई भर्ती गर्न सकिएन ।
मे ४ सम्म पनि उनको लागि
शैयाको व्यवस्था हुन सकेन र जनस्वास्थ्य केन्द्रले फोनमार्फत नै उनको स्वास्थ्य
निगरानी गर्न थाल्यो । ती युवाको घरमै मृत्यु भएपछि प्रिफेक्चरले प्रहरीले
जनस्वास्थ्य केन्द्रलाई मध्यरात १ बजेतिर सूचित गर्यो ।

Comments
Post a Comment