जापानमा कोरोना भ्याक्सिन लगाएका २० जनाको मृत्यु, कारण खुल्न भने बाँकी

 







टोकियो/जापान । जापानमा हालसम्म कोरोना भाईरसको भ्याक्सिन लगाएका २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हिजो(१२तारिख)विशेषज्ञहरुसंगको बैठकमा जानकारी गराएको छ ।

यद्यपी उनिहरुको मृत्यु कोरोना भ्याक्सिनकै कारण भएको हो या अन्य कारणले भन्नेबारे प्रष्ट कारण पत्ता लाग्न सकेको छैन । जापानी संचार माध्यम एनएचकेको अनलाईनमा प्रकाशन भएको समाचारका अनुसार,यो महिना ६ तारिखसम्ममा,फाईजरको कोरोना भ्याक्सिन लगाएका २० वर्ष उमेर समुह देखि ९० वर्ष उमेर समूहका २० जना महिला तथा पूरुषहरुको मृत्यु भएको हो ।

जापानमा हालसम्म ४२ लाख ३० हजार भन्दा धेरै वृद्धविद्धा तथा चिकित्सा क्षेत्रमा कृयाशिल मानिसहरुमा कोरोना खोप लगाईएको छ । यस क्रममा कुल ३९ जनाको खोप लगाईसकेपछि मृत्यु भएको छ ।



Comments