१५० किलोमीटर गतिमा गुडिरहेको जापानको एक बुलेट ट्रेन ३ मिनेट चालक बिहिन,१६० जना यात्रु सवार ट्रेनमा चरम लापरवाही,प्रमुखले मागे माफी
टोकियो/जापान । जापानको
अत्यन्तै तिब्र गतीमा गुड्ने बुलेट ट्रेनको एक चालकले चल्दै गरेको ट्रेन, कन्डक्टरको जिम्मा लगाएर, ट्वाईलेट जाँदा,ककपिट ३ मिनेट चालक बिहिन भएको खबर यतिखेर जापानी
मिडियाहरुमा चर्चाको विषय बनेको छ भने, बुलेट ट्रेन कम्पनी प्रमुखले सार्वजनिक माफी मागेका छन् ।
यो घटना मे १६ तारिख बिहान ८:१५ बजे, सिजुओका प्रान्तको आतामी स्टेसनबाट मिसिमा स्टेसनतर्फ
गुड्दै गरेको तोक्काईदो सिन्खानसेन( बुलेट ट्रेन )लाईनमा चल्ने,हिकारी ६३३ नम्बरको ट्रेनमा घटेको हो । १६० जना
यात्रु बोकेर १५० किलोमीटर प्रति घण्टा गुडिरहेको ट्रेनलाई कन्डक्टरको जिम्मा
लगाएर,३६ वर्षिय चालक ट्वाईलेट
गएका हुन् । समाचारका अनुसार, जिम्मा लगाईएको
कन्डक्टर जो,संग ट्रेन चलाउने
लाईसेन्स नै थिएन ।
जेआर सेन्ट्रलका प्रमुख
अधिकारीले,पत्रकार सम्मेलनमा भने-यो
‘ अस्वाभाविक कार्य हो,हामी माफी
चाहन्छौँ ।’यातायात मन्त्रालय सचिवालयले यस घटनमा,सरकारले तय गरेको नियम पालन नहुनु,पश्चतापपूर्ण छ । ट्रेनमा सवार यात्रुको जिवनको सुरक्षा
पहिलो प्राथमिकता हो,तर यहाँ लापरवाही
देखियो ।
उक्त चालकले, आफुलाई पेट दुखेकाले ट्वाईलेट जानैपर्ने अवस्था
भएको र, नजिकैको स्टेसनमा ट्रेन
रोकेको बेलामा जाँदा पनि ट्रेन ढिला हुने भएकाले कन्डक्टरलाई राखेर ३ मिनेट
ट्वाईलेट गएको प्रतिकृया दिएका छन् ।
यद्यपी जापानको बुलेट
ट्रेनमा ड्राईभर बिना पनि निश्चित लाईनमा मध्यम गतिमा चल्ने तथा अटोमेटिक
ईमर्जेन्सी ब्रेक लाग्ने जस्ता प्रविधि भने रहेको हुन्छ ।

Comments
Post a Comment