टोकियो, जापान ।
नेपालमा संक्रामक कोरोना
भाइरस संक्रमण तिब्रगतिमा फैलिएपछि जापानले प्रवेशमा कडाई गर्ने भएको छ ।
नेपाल, पाकिस्तान र ईण्डिया लगायत तीन देशका
आप्रवासीहरूका लागि सीमा उपायहरू सुदृढ गर्न लागेको बताइएको छ ।
ईण्डियामा नयाँ कोरोना
भाइरस संक्रमणको तीव्र प्रसार पछि, सरकारले गत साता
१४ दिनको क्वारिन्टिन बाहेक अतिरिक्त नियम लागू गराएको थियो । जसमा अब पाकिस्तान र
नेपाल सहित तीन देशका आप्रवासीहरूले जापान प्रवेश गरेको ६ दिन तोकिएको स्थानमा
क्वारिन्टिन बस्नुपर्नेछ ।
नयाँ कोरोना भाइरसको
फैलावट विरूद्ध नियन्त्रण उपायका रूपमा सरकारले विदेशीहरूलाई सिद्धान्तत १४ दिन
क्वारिन्टिन बस्नुपर्दछ । तर ३५ देश र क्षेत्र जहाँ म्युटेन्ट भाइरस संक्रमण
फैलिएको छ त्यहाँका मानिसहरूका लागि सरकारले जापान प्रवेश गरेपछि अतिरिक्त नियम
पालना गर्नुपर्ने प्रावधान तोकेको छ । जस अनुसार अब नेपालबाट आउने जो कोहिले जापान
प्रवेश गर्नुअघि हालको जस्तै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ । यस बाहेक
जापानको एयरपोर्टमा पीसीआर परीक्षण हुनेछ, यहाँपनि नेगेटिभ भएता पनि एयरपोर्ट अध्यागमनले तोकेको स्थानमा ६ दिन
क्वारिन्टिन बस्नुपर्नेछ ।
६ दिनपछि गरिएको पीसीआर
रिपोर्ट नेगेटिभ आएमा मात्र आफ्नो वासस्थानमा जान पाईनेछ । जहाँ थप ८ दिन
क्वारिन्टिन बस्नुपर्नेछ । यसरी जापान प्रवेशपछि तोकिएको स्थानमा ६ दिन
क्वारिन्टिन बस्नुपर्दाको सम्पूर्ण खर्च व्यक्ति स्वयंले तिर्नुपर्नेछ ।
ईण्डियामा नयाँ कोरोना
भाइरस संक्रमणको तीव्र प्रसारको कारण, सरकारले छिमेकी पाकिस्तान र नेपाल लगायत तीन देशका आप्रवासीहरूका लागि सीमा
उपायहरू सुदृढ गर्ने निर्णय गरेको हो ।
जापान सरकारले यो नियम
यसै महिना अर्थात् मे १० तारिखबाट लागू गराउने भएको छ ।

Comments
Post a Comment