मित्रराष्ट्र जापानले
नेपाललाई कोभिड महामारीको बिचमा करोडौं रकम बराबरको महत्वपूर्ण स्वास्थ्य सामग्री
सहयोग प्रदान गरेको छ ।
जापानले नेपालका ५८
अस्पताललाई कोरोना संक्रमितको उपचारमा सहयोग पुग्नेगरि १६० अक्सिजन कन्सन्ट्रेटर
छिट्टै उपलब्ध गराउने भएको छ । यसको साथमा ६ वटा सुविधासम्पन्न एम्बुलेन्स समेत
दिने भएको नेपाल स्थित जापानी राजदूतावासले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
जापानले देशभरका २५
अस्पताललाई पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम उपलब्ध गराउने क्रममा
२३ अस्पताललाई हस्तान्तरण गरेको छ ।‘यो अन्ट्रासाउन्ट डायग्नोस्टिक सिस्टम प्रयोग
गर्न सहज छन् । किन भने यो पोर्टेबल खालको छ । यसले कोभिड-१९ बिरामीको उपचारमा
सहजता हुनेछ ।' स्वास्थ्य उपकरण हस्तान्तरण पछि बोल्दै जापानी राजदूत
किकुता युताकाले भन्नुभयो ।गत जनवरी २७ मा जापानले २५ अस्पतालहरूलाई ब्लड ग्यास
एनलाइजर अनुदानमा प्रदान गरेको थियो ।जापानले यथासक्य छिटो उपलब्ध गराउने भएको एक
सय ६० अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरबिनै अक्सिजन दिन सकिने खालको पोर्टेबल भएकाले
कोरोना लगायत अन्य बिरामीको उपचारमा सहजता हुने छ ।
जापान आफैं महामारी
बिरुद्ध आन्तरिक रुपमा लडिरहेको छ भने जापानले नेपालको लागि समेत सँधै सहयोग
गर्नेछ दूतावासले भनेको छ । यो कठिन समयमा एकसाथ कोभिड १९ संक्रमणको सामना गर्ने
बताउँदै दूतावासले जापानले उपलब्ध गराउने मेडिकल उपकरणले कठिन परिस्थितिमा
नेपालीहरुलाई सहयोग पुग्ने आशा व्यक्त गरेको छ ।

Comments
Post a Comment