टोेकियो, जापान ।
जापान सरकारले विदेशबाट
आएका यात्रीहरुले क्वारन्टिनसम्बन्धी नियमहरुको पूर्ण पालना गरेका छन् भन्ने सुनिश्चित
गर्न व्यापक गस्ती र अन्य उपायहरु अपनाउने भएको छ ।
दैनिक करीब ३०० जनाले
कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको क्वारन्टिनसम्बन्धी नियमको उल्लंघन
गरेको पाइएपछि सरकारले यस्तो कदम चालेको हो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय र अन्य पक्षले गरेको एक
सर्वेक्षणमा क्वारन्टिनमा रहेका केहि मानिसहरुले आफू कहाँ छुँ भनेर जानकारी दिन
असफल भएको र अनुमति नै क्वारन्टिन स्थल छाड्ने गरेको पाइएको थियो ।
अन्य देशहरुबाट जापान
आएका मानिसहरुले स्वास्थ्य अवस्था चेक गर्न आइपुगेको १४ दिनसम्म घर वा होटलमा
क्वारन्टिनमा बस्नु पर्दछ । जापान प्रवेश गर्नेबित्तिकै उनीहरुले आफ्नो
स्मार्टफोनमा लोकेशन ट्र्याकिङ , भिडियो कल र अन्य
एपहरु जडान गर्नु पर्दछ अनि लिखित प्रतिबद्धता पनि पेश गर्नु पर्दछ । उनीहरु रहेको
स्थान र स्वास्थ्य अवस्थाबारे सोध्दै दैनिक रुपमा नोटिफिकेशन पठाइन्छ अनि उनीहरु
कहाँ छन् भनेर जाँच्न भिडियो कल पनि गरिन्छ ।
संक्रामक भाइरस फैलिने
चिन्तामा केन्द्र सरकारले भिडियो कलको उत्तर नदिनेहरुलाई चेतावनी युक्त इमेल
पठाउने अनि निजी सुरक्षा कम्पनीहरुमार्फत गहन गस्ती गराएर उनीहरु रहेको स्थान
जाँच्ने जस्ता कठोर उपायहरु अपनाउने निर्णय गरेको छ । क्वारन्टिनका नियमहरुको
उल्लंघन गर्नेहरुको नाम सार्वजनिक गरिदिने अनि विदेशी नागरिक भए आवासीय हैसियत नै
खारेज गर्ने वा जर्बजस्ती स्वदेश फिर्ता गरिदिने चेतावनी सरकारले दिएको छ ।

Comments
Post a Comment