जापानमा, एयु मोबाईल प्रयोगकर्ताहरुले बुझ्नै पर्ने प्याकेजहरु, कुन प्याकेज ? कति शुल्क ? के – के डिस्काउन्ट ? सम्पुर्ण जानकारी
टोकियो/जापान । जापानमा
बसोवास गर्ने अधिकांस नेपालीहरुको गुनासो रहने गर्दछ कि – जापानमा मोबाईल फोनको
शुल्क साह्रै महँगो छ , कमाई जति फोनको बिल तिर्दा-तिर्दै सकिने भयो ।
हुन पनि जापानमा अन्य
विकसित मुलुकको तुलनामा मोबाईल फोन सेवा साँच्चै महँगो पनि छ । विदेशीले मात्रै
होईन, जापानीहरुले पनि यहाँको मोबाईल फोन सेवा महंगो भएकोमा
गुनासो गर्ने गर्दछन् । यद्यपी जापानमा सेवाप्रदायक हरु धेरै छन् , त्यसैले ग्राहकले विभिन्न कम्पनीका मोबाईल फोन सेवाका प्याकेजहरु बारे जानकारी
लिएर, आफ्नो आवश्यकता र क्षमता अनुसारको प्याकेज प्रयोग गरेमा
सस्तो शुल्कमा सेवा लिने अवसर पनि छ । हामी तपाईलाई जापानमा हाल सेवा प्रदान
गरिरहेका केहि मूख्य – मुख्य कम्पनीहरु र तिनिहरुको नया प्लानहरु बारे जानकारी
गराउने छौँ ।मोबाईल फोन सेवाका विभिन्न कम्पनीका विविध प्याकेजहरु रहेकाले सबै
जानकारी एउटै सामग्रीमा राख्न भने मुस्किल पर्दछ । त्यसैले आजको यो समाग्रीमा
जापानका मूख्य मध्येको एक एयु(au
)मोबाईलका ( पसलमै गएर लिन
सकिने)पछिल्ला प्याकेजहरुको बारेमा जानकारी गराउने छौँ । यस भन्दा पछिल्ला
अंकहरुमा ति प्याकेजहरु कसरी सस्तो शुल्कमा प्रयोग गर्न सकिनेछ भन्नेबारे जानकारी
गराउने छौँ।
१.एयु(au mobile) का प्याकेजहरु
जापानको ३ ठूला मोबाईल
सेवा प्रदायक कम्पनी मध्येको एक केडिडिआईको मुख्य प्रोडक्ट एयु(au)ले अहिले मुख्यत: २ ओटा प्याकेजहरु बेचिरहेको छ । ति २ प्याकेजको नामहरु १.(デタ使い放題 4G/5G-देता चुखाईहोदाई 4G/5G) – यसलाई बुझ्नेगरी भन्दा चाहीँ अनलिमिटेड
ईन्टरनेट प्रयोग गर्न सकिने प्याकेज हो । यो प्याकेज सम्झौता गर्नेले महिना जति
जिबी ईन्टर चलाएपनि तोकिएको शुल्क भन्दा बढी शुल्क लाग्दैन । यस प्याकेजको आधारभूत
शुल्क भने ७,२३८ येन पर्दछ । यसमा बुझ्नुपर्ने कुरा के हो
भने यो केबल ईन्टरनेटको शुल्क मात्रै हो । यदि तपाईले फोन गर्ने सुविधा जस्तै ५
मिनेट खाकेहोदाई(5分かけ放題) या खाकेहोदाई( かけ放題) जस्ता सेवाहरु थप्नुभयो भने अतिरिक्त शुल्क लाग्नेछ । अतिरिक्त शुल्कका बारेमा
केहि क्षणमा चर्चा गर्नेछौँ ।
२.ピタットプラン4G/5G( पिताक्तो पुरान 4G/5G)
-एयुको यो प्याकेज चाहीँ
ग्राहकले प्रयोग गरेको परिमाणको आधारमा शुल्क बढ्दै जाने प्रकार प्याकेज हो । यस
प्याकेज अन्तर्गत सबैभन्दा सानो परिमाण १ जिबी ईन्टरनेट र अधिकतम ७ जिबी ईन्टरनेट
रहेको छ । यस प्याकेजमा १ जिबी ईन्टरनेट प्रयोग गर्दा,मासिक २,१७८ येन, १ जिबीबाट माथी ४
जिबीसम्म ईन्टरनेट प्रयोग गर्दा ३,२७८ येन र ४ जिबीभन्दा माथी ७ जिबीसम्म ४,९२८ येन शुल्क लाग्दछ । यो प्याकेज पना केवल तोकिएको ईन्टरनेट मात्रै प्रयोग
गर्नेहरुको हकमा कायम हुनेछ । यदि फोन सेवा लिने हो भने फेरि अतिरिक्त शुल्क
लाग्ने छ ।
फोन सेवा लिँदा लाग्ने
अतिरिक्त शुल्कहरु
एयु(au) मोबाईले फोन सेवामाको पनि २ ओटा प्याकेज बेचिरहेको छ । ति हुन् – १.通話定額 ライト2-चुवा तेईगाकु राईतो २ ( एक पटकमा ५ मिनेट भन्दा कम समय फोन, जति पटक गरेपनि अतिरिक्त शुल्क नलाग्ने, तर ५ मिनेटभन्दा बढी भएमा
फेरि अतिरिक्त शुल्क लाग्ने प्याकेज) ।यो प्याकेजका लागि अतिरिक्त ८८० येन शुल्क
लाग्ने छ । र २. 通話定額2 चुवातेईगाकु २
(अनलिमिटेड फोन सेवा, जापानभित्रका ( नाभी डायल बाहेकका) सबैप्रकारको
फोनमा जति मिनेट कुरा गरेपनि अतिरिक्त शुल्क नलाग्ने प्याकेज ) । यो फोन सेवा
लिँदा १९८० येन अतिरिक्त शुल्क लाग्नेछ । ३.国際通話定額(कोकुसाई चुवातेईगाकु)यो
एयु (au ) मोबाईलको अन्तर्राष्ट्रीय फोन सेवा हो । यदि
तपाई नेपालमा मोबाईलबाट सिधै सस्तोमा फोन गर्न चाहनुहुन्छ भने यो सेवा लिन
सक्नुहुनेछ । मोबाईल फोनमा यो सेवा लिएको खण्डमा मासिक ५० पटक सम्म( १ पटकमा १५
मिनेट भन्दा कम हुनेगरी) कल गर्न सकिन्छ । जसको मासिक शुल्क मात्र ९८० येन लाग्नेछ
। यो सेवामा याद गर्नुपर्ने कुरा भनेको प्रत्येक पटक फोन गर्दा,एक पटकमा १५ मिनेट कट्नु अघिनै कुरा टंग्याएर फोन राख्ने या एक पटक काटेर फेरि
कल गर्ने । तथा मासिक ५० पटक भन्दा बढी फोन नगर्ने ।
एयु( au) मोबाईल प्रयोगकर्ताहरुले प्राप्त गर्नसक्ने छुटहरु
१.家族割プラス (खाजोकु वारी पुरास)-यदि एकैपरिवारका २ जनाले एयु मोबाईल प्रयोग गर्दछन् भने, यो छुटबाट लाभ लिन सकिनेछ । तर यसको लागि तपाईले आफुहरु २ जनाले एयु प्रयोग
गर्ने कुरा खुलाएर छुट सेवाका लागि आवेदन दिनुपर्नेछ । यो पसल , सपोर्ट सेन्टर तथा होम पेज सबै ठाउँबाट आवेदन गर्न सकिन्छ । यो खाजकु वारी
पुरास छुट। लिँदा तपाईहरु २ जनाकै मासिक मोबाईल शुल्कबाट ५५० येन सस्तो हुनेछ । र
यदि २ जनाभन्दा बढि एकै परिवारका सदस्यहरुले एयु प्रयोग गरेको खण्डमा भने यो छुट
रकम ११०० येन हुनेछ । त्यसैले परिवारका सबै सदस्यहरुले एकै कम्पनीको मोबाईल सेवा
लिँदा केहि सहुलियत मिल्दछ ।
२.au スマートバリューau सुमाको बार्यु ( एयुको
फोन सेवासंगै घरमा ईन्टरनेट तथा ल्याण्डलाईन फोन सेवा एवं टेलिभिजन सेवा
प्रयोगकर्ताहरुले मात्रै प्राप्त गर्नसक्ने छुट) यदि यो सेवा लिन योग्य भएको
खण्डमा मासिक मोबाईल फोनको शुल्कबाट ११०० येन छुट हुनेछ ।
३.au PAY カードお支払割(au PAY कादो सिहाराई वारी)-यदि एयुको क्रेडिट कार्ड पनि छ र
त्यसैबाट मासिक शुल्क तिर्ने बनाएको खण्डमा प्राप्त गर्न सकिने छुट हो । यो छुट
प्राप्त गर्न योग्य भएको खण्डमा मोबाईलको मासिस शुल्कबाट ११० येन छुट प्राप्त गर्न
सकिन्छ ।
यि उल्लेखित प्याकेजहरु
एयुको हाल संचालनमा रहेको नयाँ प्याकेज हो । यसभित्र पनि अझै बुझ्नुपर्ने थुप्रै
कुराहरु छन् । तर समग्रमा यहाँ उल्लेख गरिएका प्लानहरुको नाम सम्झनुभयो भने पसलमा
गएक सल्लाह गर्न सजिलो हुनेछ । यसका अलवा एयुले यहि वर्षबा अनलाईनमा आधारित पोवो(povo) नामक सस्तो प्याकेज पनि ल्याएको छ । यो प्याकेज पसलमा गएर
लिन सकिदैन । त्यसका लागि सबै प्रकृया आफैँले अनलाईनमा गर्नुपर्नेछ । अर्को पटक
पोवो(Povo)को बारेमा पनि जानकारी प्रकाशन गर्नेछौँ ।
हामीलाई हेर्दै गर्नुहोला ।
(नोट:माथि उल्लेख भएका
केबल मोबाईल ईन्टरनेट तथा फोन सेवाको शुल्क तथा प्याकेजहरुको मात्रै शुल्क हो ।
यसमा मोबाई फोन सेटका बारे केहि उल्लेख गरिएको छैन )
हामी यस्तै अन्य कम्पनीका
सेवाहरुका बारेपनि क्रमिकरुपमा प्रकाशन गर्दै जानेछौँ, कृपया नेपालन्युजपोस्टडटकम हेर्ने गर्नुहोला ।
प्रस्तुती/राजन गौतम्

Comments
Post a Comment