काठमाडौ । अभिनेत्री गौरी
मल्लले फिल्ममा जस्तो अभिनय गरिन् उनको ब्यक्तिगत जिवन पनि त्यतीकै रोचक र
मर्मस्पर्शी छ । उनी केही समय अघि नेपालमा पाएको कलाकारीताको चर्चा, फेम सबै छोडेर जापान गएकी थिइन् ।
उनले जापानको टोकियोमा
एउटा रेष्टुरेण्टमा काम गरिन् । उनलाई पद म्यानेजर दिइएको थियो । तर काम भने सबै
गर्नुपरेको थियो । उनी भन्छिन्, म त्यहाँ कलाकार
गौरी मल्ल थिइन्, केवल गौरी मल्ल
थिए । मेरो कार्डमा म्यानेजर लेखेको भएपनि मैले त्यहाँ शौचालय पनि सफा गरेँ ।
उनले काम आफुलाई कहिल्यै
सानो भन्न नहुने सन्देश दिएकी थिइन् । तर जव काम सकेपछि रेष्टुरेण्टको स्टाफलाई
खाना खान दिने तरीका र खाना देखेर भने आफुलाई रोक्न नसकेको उनले बताइन् । त्यती
बेला भने उनलाई आफ्नै देश फर्कन मन लागेको थियो । चर्चित पत्रकार विजयकुमारको
टेलिभिजन कार्यक्रम दिशा निर्देशमा उनले आफुले जापानमा विताएका ति पल याद गरेर
निकै भावुक भइन् ।
उनले त्यहाँ आफनो एउटा
साथी बनेको बिरालोको पनि कुरा गरेकी छन् । नेपालमा अभिनेत्रीका रुपमा ठूलो नाम
कमाएकी गौरीलाई जापानको टोकियोमा कसैले पनि चिन्दैनथ्यो । तर त्यो पल उनका लागि
विशेष थियो । उनी आफैले आफुलाई चिन्ने मौका पाएकी थिइन् । उनी भन्छिन् कलाकार गौरी
मल्ल मैले पाएको परिचय होइन, त्यो मेरो कामले
दिएको परिचय हो ।
म जापानमा एक्लै बेञ्चमा
बसेर विरालोसंग खेल्दै रमाउने गौरी मल्ल वास्तविक गौरी मल्ल हो । मैले आफुले
आफैलाई चिन्ने मौका पाए । उनले टोकियोमा नेपाली रेष्टुरेण्टमा काम गर्दा इन्डियन
खानाका सबै परिकार पकाउन सिकेको पनि बताएकी छन् ।

Comments
Post a Comment