जापान आउने दैनिक ३ सयले क्वारिन्टिन नियम तोड्ने गरेको पाइयो, पुष्टि भए देश निकालासम्मको कारबाही हुने
टोकियो, जापान । जापानमा हरेक दिन ३०० जनासम्मले सेल्फ-क्वारिन्टिन सम्बन्धी प्रतिबद्धता
तोड्ने गरेको पाइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन
नदिने प्रयास अन्तर्गत आउनेबित्तिकै सेल्फ आइसोलेशनमा बस्नु पर्ने प्रतिबद्धतामा
हस्ताक्षर गनु पर्दछ । तर क्वारेन्टिन स्थलमा नभेटिने वा अलि टाढा पाइनेको संख्या
दैनिक ३००को हाराहारीमा रहने गरेको स्वास्थ्य मन्त्रालय र एक कन्ट्रयाक्टेड मेडिकल
सेवा प्रदायक कम्पनीले शनिबार बताएको हो । मार्चको अन्त्ययता सीमामा
नियन्त्रण बलियो बनाउन दैनिक रुपमा यसको छानबिन गर्ने गरिएको छ । सीमापारबाट आउन
सकने संक्रमण नियन्त्रण गर्नका लागि सबै यात्रीहरुलाई १४ दिन क्वारेन्टिनमा बस्न
भनिएको छ । तर यस अवधिमा केही व्यक्तिहरु कहाँ छन् भन्ने थाहा नहुँदा तीन दिनभन्दा
बढी अवधिसम्म क्वान्टिनमा बसेकाहरुसँग सम्पर्क हुन सकेन भने क्वारिन्टिन स्थलहरुमा
निरिक्षण गर्नका लागि मन्त्रालयले निजी सुरक्षा कम्पनीहरुलाई नियुक्त गर्नेबारे
विचार गरिरहेको छ । मन्त्रालय र क्वारिन्टिन
सञ्चालनलाई टेवा दिइरहेका कम्पनीका अनुसार १४ दिनको क्वारेन्टिन अवधिमा दैनिक औसत
२४ हजार मानिसहरुको निरिक्षण गर्नु पर्दछ । यीमध्ये २०० देखि ३०० जनासम्म
प्रतिबद्धता क्वारन्टिन सथलमा भेटिदैंनन् । यीमध्ये ७० प्रतिशतले अधिकारहिरु समक्ष
आफू कहाँ छु भनेर जानकारी दिन असफल हुन्छन् । बाँकी ३० प्रतिशत भने क्वारिन्टिन
स्थलबाट टाढा भेटिने गरेका छन् । कहिलेकाँही परीक्षणको झुठो
प्रमाणपत्र पनि लिएको हुन सक्ने देशभित्र छिरेपछि १४ दिनको सो अवधिमा परिक्षणको
नतिजाहरुमा मात्रै उच्च भर परेर निर्धक्क नहुन स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले
अनुरोध गरिरहेका छन् । यात्रीहरुले क्वारिन्टिनको पालना राम्रोसँग गरुन भन्ने
आफूहरुले चाहेको एक अधिकारीले बताए । अहिले जापानभित्र आउने सबै यात्रीहरुलाई
डिपार्चरको ७२ घन्टाभित्र कोरोना भाइरसको परीक्षण गरेर नकारात्मक आएको नतिजा
देखाउन भनिएको छ । विमानस्थलमा आएपछि पुन परीक्षण गर्नु पर्दछ । यसको नतिजा पनि
नकारात्मक नै आए पनि १४ दिनसम्म घर, होटल वा अन्य एकाईमा
सेल्फ-क्वारिन्टिनमा बस्न भनिनेछ ।
मानिसहरुलाई आइपुग्ने
बित्तिकै ओईएल नामक लोकेशन ट्र्याकिङ एप जडान गर्न पनि भनिएको छ । एपमार्फत आफू
कहाँ छु भनेर जानकारी दिन नसक्नेहरुलाई स्काइप भिडियो कल वा अन्य तरिकाबाट
व्यक्तिगत रुपमा सम्पर्क गरिन्छ ।
आफूले गरेको
प्रतिबद्धताको सम्मान गर्न स्वास्थ्य मन्त्रालयले मानिसहरुलाई अनुरोध गरेको छ । तर
यसको पालना नगर्नेहरुलाई नाम सार्वजनिक गर्ने लगायत दण्ड दिइने चेतावनी समेत
दिइएको छ । प्रतिबद्धताको पालना नगर्ने व्यक्ति विदेशी नागरिक हो भने आवासीय
हैसियत रद्द हुन सक्ने र निर्वासन गर्न सकिने चेतावनी पनि दिइएको छ ।

Comments
Post a Comment