काठमाण्डाै जेठ ७ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट
आज १४ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुँदैछन् । केही यात्रुवाहक, केही कार्गो र दुई वटा एअर एम्बुलेन्सको उडान तथा अवतरणको तालिका रहेको
विमानस्थल कार्यालयले जनाएको छ । हिमालय एअरलाइन्सका दुई वटा जहाज चीनको
कुम्निङबाट बिहानै आइपुगेका छन् भने राति दुई वटै जहाज फेरि कुम्निङ जाँदैछन् ।
यस्तै चीनको सिचुआन एअरको
कार्गो जहाज छेन्दुबाट मेडिकल सामग्री ल्याएर आउनेछ र फर्कनेछ । हिजो मेडिकल
सामग्री ल्याएर स्पेनबाट आएको आइबेरिया एअरको जहाज आज यात्रु लिएर स्पेनको मड्रिड
जाँदैछ । यस्तै हप्तामा दुई दिन उडान हुने तालिका अन्तर्गत एअर इन्डियाको जहाज
काठमाण्डौ आएर यात्रु लिएर फर्कनेछ । यस्तै भियतनामबाट दिउँसाे दुई बजे एउटा एअर
एम्बुलेन्स आउँदैछ भने इण्डाेनेसियाबाट पनि सवा चार बजे अर्को एअर एम्बुलेन्स
आइपुग्ने तालिका रहेको छ । यस्तै बुद्ध एअरले किनेको नयाँ जहाज पनि आज भारतको नयाँ
दिल्लीबाट काठमाण्डौ आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको
छ । उज्यालो अनलाइन बाट

Comments
Post a Comment