यस्ता छन् जापान प्रवेशमा नेपाललाइ लाएका प्रतिबन्ध नियमहरू, ताजा परिवर्तित नियमहरु हेर्नुहोस् सम्पुर्ण जानकारी ।
टोकियो ।
जापानले फेरि ईण्डियामा
पहिलो पटक पत्ता लागेको कोरोना भाइरसबाट प्रभावित देशहरूबाट आगमनका लागि
‘क्वारिन्टिन’ उपायहरू कडा गरेको छ ।
ईण्डियाबाट शुक्रबार
अर्थात् मे २८ तारिख देखि जापानमा प्रवेश गर्ने व्यक्तिहरूले १० दिनसम्म सरकारले
तोकेको सुविधामा अलग्गै बस्नुपर्नेछ । यहि नियममा नेपाललाई पनि राखिएको छ । सोही
दिनको शुरुवातबाट अन्य धेरै देशका यात्रुहरूलाई तीन दिनसम्म ‘क्वारिन्टिन’ गर्न सरकारले
छनौट गरेको सुविधामा, अधिकारीहरूलाई अद्यावधिक उपलब्ध गराउन र थप
परीक्षणहरू गर्नुपर्ने नियम तोकेको छ।
भर्खरै लागू गरिएको नियम
‘डबल म्युटेन्ट’ कोरोना भाइरस ‘भेरियन्ट’को प्रसारमा भएको बृद्धिको एक हिस्सा हो, जुन गत वर्ष ईण्डियामा फेला परेको थियो र यो संक्रमण जापानमा समेत २ सय भन्दा
बढी व्यक्तिमा फेला परिसकेको छ ।
जापान सरकारका शिर्ष
प्रवक्ता खाचुनोबु कातोले यस बारेमा स्पष्ट पार्दै भनेका छन् ‘सरकारले प्रत्येक
मुलुकमा संक्रमणको अवस्थाको नजिकबाट अनुगमन गर्नेछ र जनताको चिन्ता कम गर्न आवश्यक
पर्ने सबै उपायहरू लिनेछ ।’
यद्यपि हरेक देशमा
संक्रमणको अवस्थामा निर्भर उपायहरु फरक फरक भएकाले ‘क्वारिन्टिन’ नीतिको
परिमार्जनले यो महिना एक चौथाई मानिसको प्रवेश घटाउनेछ । जापान प्रवेश गर्ने को हो
? र कस्ता शर्तहरुमा उनीहरुलाई आवश्यक पर्छन् भन्ने कुरा
‘प्रोटोकल’हरुको बारेमा भ्रम बढाउने सम्भावना छ । किनभने यस्ता नियमहरु देश अनुसार
र समय समयमा फेरिरहेका छन् ।
यहाँ मे २७ तारिखसम्म
तोकिएका प्रतिबन्धहरू र संगरोध उपायहरूको भर्खरको परिवर्तनहरूको बारेमा विस्तृत
जानकारी राखिएको छ ।
क्वारिन्टिन प्रोटोकलको
कार्यान्वयन कसरी फरक हुन्छ ?
जापानले अहिलेसम्म उनीहरू
आउँदै गरेका देशको अवस्थाको आधारमा आगमनका लागि बिभिन्न उपायहरू लागू गरिसकेको छ ।
हाल १५९ देशहरूलाई कुनै नै कुनै किसिमको यात्रा प्रतिबन्ध र ‘क्वारिन्टिन’ नियममा
समेटिएको छ ।
सबै आगन्तुकहरूले जापानको
लागि प्रस्थान गर्नु अघि ७२ घण्टा भित्रको अनिवार्य कोभिड-१९ परीक्षणको नकारात्मक
नतिजा आएको रिपोर्ट पेश गर्नुपर्नेछ ।
त्यसपछि घर, होटल वा अन्य सुविधाहरूमा १४ दिन प्रवेश गरेपछि ‘सेल्फ क्वारिन्टिन’मा
बस्नुपर्नेछ ।
त्यो समयको दौरान, ‘क्वारिन्टिन’ बस्नुपर्ने व्यक्तिहरूले सार्वजनिक यातायात प्रयोग गर्न सक्दैनन्
र दैनिक रूपमा उनीहरूको अवस्थिति र स्वास्थ्य अवस्था ‘रिपोर्ट’ अनिवार्य रुपमा
बिमानस्थल अधिकारीहरुले उपलब्ध गराएको मोबाइल ‘एप्लिकेशन’, फोन लगायत माध्यमबाट गर्नुपर्नेछ । यो नियम सबैको हकमा लागू हुन्छ ।
तथापि क्वारिन्टिन
उपायहरु तीन वर्गमा विभाजन गरिएको छ
पहिलो सबैभन्दा कडा
कदमहरू ति देशहरूमाथि लागू गरिएको छ जहाँ बि.१.६१७ ‘भेरियण्ट’ कोरोना संक्रमण
फैलिएको छ र अत्यधिक व्याप्त छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोरोना
भाइरसको उत्पत्ति ईण्डियामा पहिलो चोटि पत्ता लागेको हो र यो हाल ईण्डियामा महामारीको
रुपमा फैलिएको छ भने त्यस वरपरका नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स लगायत कयौं देशहरुमा फैलनेक्रम जारी
छ । जापानले हालसम्म यस्तो संक्रमण व्याप्त भएको देशको रुपमा १७ राष्ट्रलाई राखेको
छ । यि १७ देशबाट जापान प्रवेश गर्नेले सबैभन्दा कडा नियम मान्नुपर्नेछ ।
सिद्धान्तत यि देशहरुबाट विशेष अवस्थामा बाहेक प्रवेश प्रतिबन्ध छ ।
यद्यपी टोकियो खेलहरूसँग
सम्बन्धित व्यक्तिहरूमा यी उपायहरू लागू हुने अपेक्षा गरिएको छैन, किनकि उनीहरू सीमा नियन्त्रण उपायहरू बाहेकको नियममा जापान प्रवेश गर्न
सक्नेछन् ।
सब भन्दा कडा क्वारिन्टिन
उपायहरू के के हुन् ?
ईण्डिया र यसका छिमेकी
देशहरूबाट यात्रीहरूको लागि प्रवेश अनुमति हाल बन्द छ । जापानी नागरिक र स्थायी
बासिन्दाहरूको लागि सीमित प्रवेश दिइएको छ । उनीहरूको परिवारको लागि अपवाद बाहेक र
सीमित मामिलाहरूमा विशेष परिस्थितिमा प्रवेश पाउन सक्छन् । यो नियममा समेटिएका
अध्य देशमा नेपाल, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंका समेत छन् ।
शुक्रवार देखि ती
देशहरूबाट आएका व्यक्तिहरूले १० दिनसम्म होटल वा सरकारद्वारा तोकिएको आवास
सुविधामा बस्नुपर्नेछ । आगमन अघि यसअघि जस्तै कोरोना भाइरसको ७२ घण्टा भित्रको
नकारात्मक ‘रिपोर्ट’ पेश गर्नुपर्नेछ । साथै उनिहरूको आगमन पछि तेस्रो, छैटौं र १० औं दिनमा पनि पुन पीसीआर परीक्षण हुनेछ । यसअघि ती देशका
मानिसहरूका लागि कडा निगरानी अवधि ६ दिन थियो । हाल यसलाई बढाएर १० दिन पुर्याइएको
छ ।
१० दिनको यो अवधिमा जो
व्यक्ति सरकारले तोकेका सुविधाहरूमा बसिरहेका छन् उनीहरूलाई अन्य व्यक्तिहरूसँगको
सम्पर्कबाट टाढा रहन पूर्ण रुपमा कोठा भित्रै बस्न बाध्य हुनुपर्नेछ । यसमा
विभिन्न कडा निगरानी र नियमहरू कडाइका साथ पालन गर्नु आवश्यक छ । यो अवधिमा
अधिकारीहरुले चाहेको समयमा र चाहेको पटक परीक्षण गर्नसक्नेछन् ।
केवल कोरोना भाइरसको
नकारात्मक रिपोर्ट १० दिनपछि पाइएमा मात्र ‘क्वारिन्टिन’ अवधिको बाँकी ४ दिन
उनिहरुलाई आफ्नो स्थानको सुविधा वा घरमा बस्न अनुमति दिइनेछ ।
अरु कसले कडा निगरानी
अन्तर्गत तोकिएको सुविधाहरूमा सेल्फ क्वारिन्टिन बस्नुपर्ने आवश्यकता छ ?
बी.१.६१७ भेरियन्ट को
‘म्युटेन्ट’ कोरोना भाइरस फैलिएको क्षेत्रहरूमा केही हदसम्म खुल्ला प्रतिबन्धहरू
लागू गरिएको छ । तर जहाँ यस्ता संक्रमणहरूको कम घटनाहरू ‘रिपोर्ट’ गरिएको छ र जहाँ
जनसंख्याको एक ठूलो हिस्साले कोरोना भाइरस बिरुद्धको ‘भ्याक्सिन’ लगाइएको छ ।
यो उपाय अन्य देशहरूमा
पनि लागू हुन्छ जहाँ एन५०१वाई (N501Y) नामको ‘म्युटेन्ट’ कोरोना
भाइरस पाइएको छ । जुन पहिलो पटक दक्षिण अफ्रिकामा पहिचान गरिएको थियो । यसैगरि
बि.१.१.७ (B.1.1.7) नामको ‘म्युटेन्ट’ कोरोना भाइरस जुन
बेलायतमा पत्ता लागेको थियो । यि दुवै ‘भेरियन्ट’हरू प्रारम्भमा विश्वभर फैलिएको
कोरोना भाइरसको तुलनामा बढी संक्रामक रुपमा फैलने र जोखिम समेत उच्च मानिन्छ ।
ती क्षेत्रका यात्रीहरूले
तीन दिनको लागि तोकिएको सुविधामा ‘क्वारिन्टिन’ बस्नुपर्नेछ । यो समयमा उनीहरूको
दैनिक स्थिति रिपोर्ट अत्यावश्यक छ । उनीहरू आगमनको पहिलो र तेस्रो दिनमा कोभिड-१९
का लागि परीक्षण गरिनु पर्छ । यदि परीक्षण नकारात्मक छ भने, आगन्तुकहरू त्यसपछि १४ दिनका लागि घर वा अन्य सुविधामा ‘सेल्फ क्वारिन्टिन’
बस्नुपर्नेछ । सो अवधिको पनि दैनिक र मागेको समयमा स्वास्थ्य अवस्था विवरण उपलब्ध
गराउनुपर्नेछ । ‘होम क्वारिन्टिन’को नियम सबै देशबाट आउनेहरुको हकमा एउटै रहेको छ
।
हाल यस नियमले समेटिएका
केही देशहरूमा फिनल्याण्ड, फ्रान्स, ग्रीस, आयरल्याण्ड, जोर्डन, नेदरल्याण्ड, पोल्याण्ड, डेनमार्क र बेलायत रहेका छन् ।
काजकिस्तान र ट्युनिसिया
सूचीमा हालै थप गरिएको छ र यो उपाय शुक्रवारदेखि दुई देशहरूमा लागू भएको छ ।
नयाँ कोरोना भाइरस
भेरियन्ट रिपोर्ट नगरिएका देशहरूबाट आगमनका लागि कस्ता क्वारिन्टिन उपायहरू लागू
गरिएको छ ?
अन्य देशहरूबाट आएका
व्यक्तिहरूले पनि यो प्रतिज्ञा गर्नु पर्छ कि उनीहरूले ‘क्वारिन्टिन प्रोटोकल’को
पालना अनिवार्य गर्छन् । तर तिनीहरू घर वा उनीहरूको रोजाइको अन्य ठाउँमा १४ दिनको
अवधिमा ‘सेल्फ क्वारिन्टिन’ अर्थात् अलग्गै बस्नुपर्दछ ।
को हाल जापान प्रवेश गर्न
सकिन्छ ?
सिद्धान्तत, जापानी नागरिकहरू र वैध निवास स्थिति सहितका बासिन्दालाई जापानमा पुन प्रवेश
गर्न अनुमति दिइन्छ । यद्यपि निश्चित सर्तहरू अन्तर्गत प्रवेश पूर्वको स्वास्थ्य
परीक्षण र प्रवेश पछिको संगरोध परीक्षण नियममा रहेर मात्र ।
नेपाल, ईण्डिया, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाबाट अपवादमा मात्र केही व्यक्तिले प्रवेश पाएका छन् ।
किनकी अहिले ती स्थानहरूमा ‘डबल म्युटेन्ट’ संक्रमणसँगै बढी संख्यामा संक्रमण
फैलिएको छ ।
अर्को सूचना नभएसम्म
जापानले सबै विदेशी नागरिकहरुलाई यि देशबाट प्रवेशमा रोक लगाएको छ । यद्यपि, कडा प्रतिबन्ध लगाउनु अघि जापान छोडेकाहरूलाई फर्कने अनुमति दिइने जापान
सरकारले बताएको छ । यसमा कडा प्रतिबन्ध लगाएको समयमा उल्लेखित देशमा नै
रोकिनुपर्दा भिषा अवधि सकिएकाहरुलाई प्रवेश सहज बनाइने बताएपनि प्रक्रिया खुलाइएको
छैन ।
जापानले पछिल्लो समय नयाँ
भिषा बाहकलाई केही खुल्ला गरेको थियो । तर देशमा कोरोना भाइरसको संक्रमण उच्च
पाइएपछि जनवरीमा फेरी सिमा उपाय कसिलो बनाइएको छ ।
जापानले छोटो अवधिको
यात्राका लागि पर्यटक र अन्य प्रकारका भिषा जारी रोक्दा गत बर्षदेखी नै जापान
भित्र प्रवेश असम्भव बनेको छ ।
पर्यटकहरू महामारीको
अवधिमा प्रवेश पाउन सक्षम भएका छैनन्, र त्यो नियम संक्रमणको
अवस्था जारी रहुन्जले यथावत रहने ठानिएको छ ।
ओलम्पिकको लागि अलग्गै
नियम
यसै बीच, यस बर्षको टोकियो ओलम्पिक र पाराओलम्पिकमा भाग लिइरहेका खेलाडीहरू र खेलसँग
सम्बन्धित स्टाफहरू प्रवेश निषेधबाट मुक्त छन् । उनीहरूलाई प्रस्थान गरेदेखी १४
दिन ‘क्वारिन्टिन’ बस्नुपर्ने नियमबाट अलग राखिएको छ ।
यद्यपि ओलम्पिक सम्बन्धी
सबै आगन्तुकहरूले जापान प्रस्थानको ९६ घण्टा भित्र दुई दिन एक एक पटक कोरोनाको
परीक्षण गरेको हुनुपर्नेछ । र नतिजा नकारात्मक आवश्यक छ । आगमन पछि पहिलो दुई
हप्ता खेलाडीहरू र प्रशिक्षकहरूको आवागमन तथा अभ्यास स्थानहरू जस्ता क्षेत्रमा जान
प्रतिबन्धित गरिएको छ । तिनीहरूको आवधिक रुपमा दैनिक र्यालको माध्यमबाट कोरोना
परीक्षण हुनेछ ।

Comments
Post a Comment