जापानले भारत, नेपाल, पाकिस्तानबाट आएका विदेशीहरूको प्रवेशमा रोक लगाउने

 



टोकियोजापान ।

नेपालबाट जापान प्रबेशमा प्रतिबन्ध लाग्ने भएको छ । कोरोना भाइरस महामारी बढेपछि जापानले नेपाल सहित भारत र पाकिस्तानबाट जापान प्रवेश गर्न नदिने भएको हो ।

बुधबार जापानी मिडियाहरुमा प्रकाशित समाचारअनुसार जोखिम नियन्त्रणका लागि जापान सरकारले यस्तो निर्णय लिएको हो । यस अघि नेपालभारत र पाकिस्तानबाट आउने यात्रुहरुमाथि कडा क्वारिन्टिन सहित प्रबेश गर्न दिइएको थियो ।

यस पटकको प्रवेश प्रतिबन्धमा पूनः प्रवेशको अनुमति (रि–इन्ट्रि परमिट) पाएकाहरु पनिआउन नपाउने नियम लागू गर्न लागिएको भन्दै टिबिएस न्युजले समाचार छापेको छ ।

नेपालभारत र पाकिस्तानमा बसोबास गर्दै आएका जापानी नागरिकहरुलाई भने जापान प्रवेशमा रोक लगाइएको छैन । यस बिषयको आन्तिम निर्णय आज गरिने बताईएको छ ।

बिस्तृत आधिकारिक घोषणा आउनबाकी रहेको छ ।

Comments