जापानले विश्वका प्रमुख शहरहरुलाई जोड्ने तीव्र गतिको अन्तरिक्ष यान बनाउँदै

 





टोकियो, जापान ।

जापानले यात्रुबाहक अन्तरिक्ष यान विकास गर्दैछ । जापान सरकारले निजी कम्पनीहरुसँग मिलेर अन्तरमहादेशिय यात्रुबाहक अन्तरिक्षयान विकास गर्न लागेको छ । यो यानले विश्वका मुख्य शहरहरुलाई दुई घन्टा वा सो कम समयमा जोड्ने जापानको विज्ञान मन्त्रालयले बताएको छ ।

शिक्षा, संस्कृति, खेलकूद, विज्ञान र प्रविधि मन्त्रालयले मे १२ मा एउटा योजना सार्वजनिक गरेको थियो ।सन् २०४० को दशकको शुरुसम्ममा यो लक्ष्य हासिल गर्न खोजिएको छ । जापानबाट आवतजावत गर्ने अन्तरिक्षयान बजार सन् २०४० मा ५० खर्ब येन ९४६ अर्ब डलर०मा पुग्ने अनुमान गरिएको छ ।मन्त्रालयले मे १२ मा बसेको विज्ञहरुको समितिको बैठकमा भावी अनतरिक्षयान परिवहनको लागि मार्गचित्रको अन्तरिम खाँका कोरेर यसलाई दुई चरणमा विभाजित गरेको छ ।

पहिलो चरणमा जापान अन्तरिक्ष अन्वेषण निकाय ९जाक्सा०को नयाँ पुस्ताको एचथ्री रकेटको लागत आधा गरिनेछ । एचथ्री लन्च भेइकलमा ५ अर्ब येन वा सो भन्दा बढी खर्च गरिनेछ । जाक्साको नयाँ रकेटको पहिलो उडान आर्थिक वर्ष २०२१ मा हुने तय भएको छ । यसलाई रकेटको बडीहरु पुनः प्रयोग गर्ने लगायत उपायहरु अपनाएर बनाइनेछ । मार्गचित्रले एचथ्रीको अर्को रकेट सन् २०३० आसपास लञ्च गर्ने लक्ष्य लिएको छ ।

लागत सन् २०४० को दशकको शुरुतिर थप करीब १० प्रतिशतले घटाइनेछ । रकेटको पार्ट्सहरुको पुनः प्रयोग गर्नेलगायतका उपायहरु अपनाएर निजी क्षेत्रले अन्तरिक्षमा आउ जाउ गरिरहने यातायातको साधन विकास गर्नेछ । यी यानहरु यात्रीहरु बसेर यात्रा गर्न सक्ने हुने अनुमान गरिएको छ । यसमा दुई थरी अन्तरिक्ष यानको परिकल्पना गरिएको छ ।

 

एउटा धावनमार्गहरुमा हवाईजहाज जस्तै गरी टेक अफ र ल्यान्ड गर्न सक्नेछ अर्को चाँहि अमेरिकी अन्तरिक्ष कम्पनी स्पेशएक्सले बनाइरहेको जस्तो स्टारशिप लञ्च भेइकलजस्तै गरी ठाडै टेक अफ र ल्यान्ड गर्न सक्नेछ । यस मार्गचित्रबारे सोच्नु अघि विज्ञान मन्त्रालयले विविध अन्तरिक्ष गतिविधिको बजारको अनुमान गरेको थियो । यस क्रममा विश्वका प्रमुख शहरहरुलाई जोड्ने तीव्र गतिको परिवहनको माग बढ्ने निस्कर्ष निकालिएको थियो ।

 


Comments