एनआरएनए जापान कन्साई शाखामा वामीका सुरजले दिए उम्मेद्वारी

 



काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कन्साई शाखाको निर्वाचनको लागि विभिन्न पदमा २१ जनाले उम्मेद्वारी दिएका छन् ।

निर्वाचन आयोग कन्साईले २१ जना उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । जस अन्तर्गत संयोजक पदमा दिलिप शर्मा, नरबहादुर शर्मा, उपसंयोजक पदमा बिन्दू ढकाल, डिल्ली प्रसाद सापकोटा (विष्णु), सुरेश सापकोटा, निर्देश केसी, बेद प्रसाद कंडेल, बिकास पराजुलीले आकांक्षा व्यक्त गरेका छन् ।

त्यसैगरी सचिबमा तेज प्रकाश कंडेल, विनोद ढकाल, कोषाध्यक्षमा डेनिश पुन, सहसचिबमा बिकास अधिकारी, र लक्ष्मण गैरेले उम्मेद्वारी दिएका छन् । त्यस्तै सहकोषाध्यक्षमा तिलक केसी तथा सदस्यहरुमा सिमला केसी, संजय कार्की, टीआर गौडेल, शंकर भुसाल, मुक्तिराम खरेल, सुरज जिसी र अशोक गुरुङले उम्मेद्वारी दिएका हुन् ।

उम्मेद्वारी दिनेमा सुरज जिसी गुल्मीको मुसिकोट नगरपालिका ७ वामीका हुन् । उनले कन्साई शाखाको सदस्य पदमा निर्वाचित भइ काम गर्न प्रतिबद्ध रहेको बताए । उनले जापानमा आउने नेपाली दाजुभाइलाई पर्ने समस्याहरुमा सहजीकरण गर्ने, प्राय अध्ययनका लागि जापान जानेलाई सहयोग गर्ने, विपदमा नेपालमा हातेमालो गर्दै आएको,विशेषगरि वामिमा हुने परोपकारी काममा आफु सक्रिय रुपमा सहयोग गर्दै आएको  र भावी दिनमा अझै जोद्तोडका साथ अघि बढ्ने योजना रहेको जनाए ।

आफ्ना योजनाहरुमा काम गर्न उनी प्रतिबद्ध रहेको समेत बताए । उनले आफूले योजना अनुसार काम गर्ने भन्दै उक्त पदमा निर्वाचित गराउन सबै मतदातालाई आग्रह समेत गरेका छन् ।

 



Comments