टोकियो ओलम्पिकको समयमा योयोगी पार्क, अवालाेकन बन्द

 






टोकियो, जापान ।

 

टोकियो महानगर सरकारले टोकियो ओलम्पिक आयोजना हुने समय योयोगी पार्कमा सार्वजनिक प्रवेशमा रोक लगाउने भएको छ ।

महानगरपालिका सरकारको घोषणा अनुसार ओलम्पिक खेलको समयमा योयोगी पार्क ओलम्पिक खेल प्रतियोगिता संचालन क्षेत्र अन्तर्गत समेटिएको छ ।

पार्कमा सार्वजनिक अवलोकन प्रवेश बन्द गरिनुको कारण प्रहरी र अग्निनियन्त्रकहरुलाई अर्को महिनादेखि योयोगी पार्कमा कोरोनाको खोप दिइने कार्यतालिका छ । जुन समय ओलम्पिक खेलको अवधिमा पर्दछ ।

यसबारेको जानकारी टोकियो महानगरसभाको बैठकमा टोकियो महानगर ओलम्पिक र पाराओलम्पिक तयारी ब्यूरोका महानिदेशक रिन्जी नाकामुराले गराएका हुन् ।

योजना अनुसार योयोगी पार्कमा सार्वजनिक अवलोकन टोकियो ओलम्पिकको समयमा रद्द हुनेछ, जुन अर्को महिनाको २३ तारिखबाट अगष्ट ८ तारिखसम्म बन्द रहनेछ ।

यो समयमा टोकियो महानगरले प्रहरी र अग्निनियन्त्रकहरुका लागि खोप स्थलको रुपमा पार्कको प्रयोग गर्नेछ ।

अर्कोतर्फ, पाराओलम्पिकको क्रममा योयोगी पार्कमा सार्वजनिक अवलोकन के गर्ने भन्ने कुरा खोपको प्रगति र खेल संचालनको अवस्थालाई हेरेर बिचार गरिने महानिर्देशक नाकामुराले बताए ।



Comments