जापानी दूतावासद्धारा भिसा आशिंक रुपमा पुन सुरु बारे महत्वपूर्ण सूचना

 





काठमाडौं, नेपाल ।

काठमाडौंस्थित जापानी राजदूतावासले भिसा सम्वन्धि कामहरु आशिंक रुपमा पुन सुरु गरेको जनाएको छ ।

जुन २१ तारिख सोमबार महत्वपूर्ण सूचना भन्दै एक विज्ञप्ति जारी गर्दै दूतावासले काठमाडौंमा लगाइएको बन्दाबन्दिपछि बन्द रहेको भिसा सेवा आशिंक सुचारु गरेको जनाएको हो । नेपाल सरकारले काठमाडौं उपत्यकामा जारी लकडाउन खुकुलो बनाएसँगै दूतावासले आफ्नो सेवाहरु आशिंक रुपमा सूचारु गरेको हो ।

आशिंक रुपमा खुल्ला गरिएको भिसा सम्बन्धि सेवा राजदूतावासको कार्यालयमा र भिसा सम्वन्धि अख्तियारी पाएको भिएफएस ग्लोबलले सुरु गरेको दूतावासले जनाएको छ ।

दूतावासले भिसा सम्वन्धि सेवा आशिंक सुरु गरेपनि जापानद्वारा लिइएको सीमा नियन्त्रण उपायहरूको कारण अझै सबै भिसा सेवा नखुलेको उल्लेख छ ।

हालको अवस्थामा जापान यात्राको लागी भिसा लागू गर्न योग्य भएका निम्न उल्लेखित भिसा पाउनेहरु मात्र रहेको दूतावासले स्पष्ट पारेको छ ।

१.       डिप्लोमेटिक भिसाका लागि आवेदन गर्नेहरू

२.        अफिसियल आधिकारिक भिसाका लागि आवेदन गर्नेहरू

३.        जापानी नागरिकको जीवनसाथी (जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष)

४.       जापानको स्थायी बासिन्दा रहेकाको जीवनसाथी

५.        जापानको स्थायी बासिन्दा रहेकाहरु जो कोरोना भाइरस संक्रमणका कारण जापान फर्कन असमर्थ रहेका थिए ।

६.        दीर्घकालीन निवासी जसमा ( "5 वा 6 " मात्र)

७.        जोसँग निम्न उल्लेखित योग्यताको प्रमाणपत्र सिओई रहेको छ

शिक्षा,

प्रोफेसर,

वा चिकित्सा

जुन संस्थामा कर्मचारीका लागि खाली ठाउँ थियो ।

८.       जोसँग आपतकालीन मानवीय कारण जापान प्रवेश आवश्यक छ

केवल कूटनीतिक, आधिकारिक र आपतकालीन अवस्थाहरुमा मात्र दूतावासले भिसा आवेदन स्किार्नेछ ।

 

कूटनीतिक, आधिकारिक र आपतकालिन मामिलाहरु बाहेकको अवस्थामा भिएफएस ग्लोबलमा सम्पर्क गर्न समेत दूतावासले सबैमा अनुरोध गरेको छ ।

 

जापान प्रवेशको भिषा आवेदनको लागि यस वेबसाइट मार्फत 'अपोइन्टमेन्ट' लिन अनुरोध गरिएको छ ।

दूतावासले भिएफएस ग्लोबलले तपाईंबाट प्राप्त आवेदन उपर प्राथमिकताको आधारमा भिसा जारी वा सम्पर्क गर्ने जनाउँदै समझदारी र सहयोगका लागि धन्यबाद व्यक्त गरेको छ ।

 

यसबारेको विस्तृत जानकारी नेपालस्थित जापानी दूतावासको कार्यालय वा भिएफएस ग्लोबलको वेवसाईटबाट मात्र प्राप्त हुने जानकारी गराउँदछौं ।

 



Comments