जापानमा सबै उमेरका लागि खोप थालनी, यि स्थानमा फोनबाटै बुकिङ गर्न सकिने

 



टोकियो, जापान ।

जापानको केन्द्रीय सरकारले सञ्चालन गरेको बृहत स्तरका खोप केन्द्रहरुले जुन १७ देखि नै जापानभर जुनसुकै ठाउँमा बस्ने १८ वर्ष देखि ६४ वर्षबीचका खोप लगाउन योग्य सबै मानिसहरुको लागि बूकिङ खुला गरेको छ ।

खोप कार्यक्रमलाई तीव्र गतिमा अगाडि बढाउने प्रयास अन्तर्गत यसो गरिएको हो । टोकियो र ओसाकामा खुलेका यी केन्द्रहरुले मे २४ देखि टोकियो, ओसाका र छिमेकका प्रिफेक्चरमा रहने ६५ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरुलाई खोप लगाइरहेको छ । यी खोप केन्द्र आत्मरक्षा बल (एसडएिफ)ले सञ्चालन गरिरहेको छ ।

जुलाई ४ सम्म दुबै खोप केन्द्रमा सबै खोपको बुकिङ भइसकेको छ । खोपको दोस्रो मात्रा लगाउन शुरु भएकोले जुलाईको बाँकी अवधिको लागि भने सीमित खोपको मात्राका लागि बूकिङ बाँकी छ ।

बूकिङ कसरी गर्ने ?

आगन्तुकहरुको साथमा उनीहरुको नगरपालिकाले पठाएको खोप कूपन ल्याउनु पर्नेछ । बूकिङ फोन वा अनलाइनबाट गर्न सकिनेछ ।

यसका लागि सप्ताहन्त वा सार्वजनिक बिदाका दिन समेत बिहान ७ बजेदेखि साँझ ९ बजेभित्र गर्न सकिनेछ ।

टोकियोः ०५७०–०५६–७३० (जापानी), ०५७०–०५६–७५० (अंग्रेजी)

ओसाकाः ०५७०–०८०–७७० (जापानी), ०५७०–०६०–२२१ (अंग्रेजी)

खोप कार्यक्रममा विस्तार

टोकियो र ओसाकाका बृहत स्तरका खोप केन्द्र जुलाईको अन्त्यसम्ममा ज्येष्ठ नागरिकहरुलाई खोप लगाएर भ्याइसक्ने सरकारी लक्ष्य अनुरुप शुरुमा ६५ वर्ष वा सो भन्दा बढी उमेरका मानिसहरुका लागि मात्रै खोलिएको थियो ।

तर खोपको मात्राका लागि बूकिङ पूरा नभएपछि कार्यक्रम अन्तर्गत खोप लगाउने योग्यता अन्य उमेर समूहमा पनि विस्तार गरियो । जुन १० देखि क्षेत्रगत आधारमा बूकिङमा लगाइएको प्रतिबन्ध हटाइयो । जुन १२ देखि फोन पनि बूकिङ लिन थालियो ।

जुन १४ देखि संकट व्यवस्थापनमा खटिएका प्रहरी अधिकृत, आ’त्मरक्षा बलका सदस्यहरुलाई समेत खोप लगाउन शुरु गरियो । त्यसपछि भने अधिकारीहरुले यी केन्द्रमा खोप लगाउने योग्यता १८ वर्ष देखि ६४ वर्षका मानिसहरुमा पनि विस्तार गरे ।

 



Comments