जापानको लागि नियमित उडान खुल्यो, के बिद्यार्थी र नवप्रवेशी पनि जान पाउछन् त ? हेनुहाेस् संम्पुर्ण जानकारी

 




टोकियो, जापान ।

हुनलाई जापानको लागि नेपाल सरकारले हवाई उडान नियमित गर्ने निर्णय खुशीकै खवर हो । तर नेपाल सरकारको यो निर्णय जापानमा भएका नेपालीको लागि औषत खुशीको भएपनि नेपालबाट जापान प्रवेश पर्खाइमा रहेका दशौं हजार युवाको लागि भने कागलाई बेल पाक्यो हर्सन बिस्मात झैं भएको छ ।

कारण हो नेपाल सरकारले नेपाल जापान हवाई उडान नियमित खुलाउने निर्णय गरेपनि जापानले नेपालमाथि लगाएको प्रवेश प्रतिबन्ध यथावत रहनु । करिव दुई महिनाको अन्तरालमा जुन २४ तारिख जापानको लागि पहिलो हवाई उडान गर्ने निर्णय गरेको नेपाल एयरलाईन्सले त्यसपछि नियमित उडान त गर्नेछ तर त्यसमा नेपालबाट जापान केवल चार प्रकारको भिषा भएकाहरुले मात्र प्रवेश पाउनेछन् । जो सबैभन्दा बढी मार र पर्खाईमा रहेकाहरु छन् उनिहरु भने अझै उडान खुलेपनि प्रवेशबाट बञ्चित हुनेछन् ।

किनभने जापानले तोकको चार प्रकारको भिषामा जापानको आवासिय भिषा भएका, पहिलो पटक भिषा पाएका तथा विद्यार्थीहरुको प्रवेशलाई समेटिएको छैन । अर्थात उल्लेखित भिषा वाहकले जापान प्रवेश पाउँदैनन् ।

केवल एईजु, तेईजु, जापानी नागरिक, जापानी नागरिकसँग विवाह गरेका नेपाली महिला वा पुरुष र तिनका सन्तान र बिरलै मात्रामा विशेष कारणवस आउन पाउने तथा कुटनीतिक व्यक्तिहरुले मात्र नेपालबाट हालको अवस्थामा जापान प्रवेश पाउँछन् ।

 

जुन १७ तारिख बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख गन्तव्यहरू भन्दै जापानमा हुने अन्तर्राष्ट्रिय उडान पनि खुलाउने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार अबको मन्त्रिपरिषद् बैठकले अहिले खुलेकाबाहेक साउदी अरेबिया, युएई, मलेसिया, जापानलगायतका गन्तव्यमा उडान गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपालमा नियमित उडान हुँदै आएका सबै गन्तव्यमा उडान गर्ने तयारी नेपाल सरकारले गरेको छ ।

हाल कतार, ईण्डिया र टर्कीमा नेपाल एयरलाईन्सले उडान भर्दै आएको छ । चीनमा नियमित उडान खुल्ला गर्ने निर्णय गरे पनि चीनले प्रवेशमा खोप लगाएकालाई मात्र अनुमति दिंदा उडान हुनसकेको छैन ।

नेपालले यी देशहरुबाट सातामा दुई हजार यात्रु नबढ्ने गरी हवाइ उडान पुनः सुरु गर्नेछ ।

कोभिड संक्रमण महामारीको चरणमा प्रवेश गरेपछि नेपाल सरकारले गत वैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

 

 


Comments