टोकियो, जापान ।
जापानमा रहेका एक लाख
नेपालीको अभिभावक संस्था दावी गर्ने एनआरएनए जापानका अध्यक्ष सहित हालको
कार्यसमितिका कयौं पदाधिकारीमाथि आर्थिक अनियमितताको गम्भिर आरोप लागेको छ । आरोप
मात्र होईन छानविन समितिले केही आरोप सत्य सावित गर्दै भ्रष्टाचारजन्य गतिविधि
भएको भनिसकेको छ । जापानजस्तो नैतिक आचरण र शुसासनको देशमा बसेर यति गम्भिर आरोप र
केहीमा पुष्टि हुँदा समेत जिम्मेवार पदाधिकारी टसका मस भएका छैनन् ।
दुःखद कुरा के भने गम्भिर
आरोपपछि आरोपित व्यक्तिले राजिनामा दिनुपर्नेमा पद छाड्ने कुनै सुरसार नदेखेपछि
संस्थाभित्रका अन्य सदस्यहरुले भटाभट राजिनामा दिन थालेका छन् । एनआरएनए जापानका
कार्यसमिति सदस्य सुरेश गिरिले राजिनामा दिएको केही घण्टामै अर्का सदस्य राजेश
खनालले पनि पदबाट राजिनामा घोषणा गरेका छन् ।
'म भएको भए मरेको मान्छेको
नाममा आएको पैसा खाएको यस्तो गम्भिर आरोप लागेपछि ल छानविन गरेर म माथिको आरोप
प्रमाणित गरेर देखाउ भनेर पदबाट राजिनामा दिन्थें' खनालले भने 'तर अध्यक्ष
देविलाल भण्डारी त राजिनामा दिनु परको कुरा फेरी १० दिन चाहियो भनेर यो झमेला
लम्ब्याईराख्नुभएको छ । अर्को कुरा महासचिव जनकविक्रम शाहीलाई कार्यसमिति बैठक
डाक्न भनेर भन्दा समेत बैठक नराखि अहिलेसम्म टारिदिनुभयो, किन ? अध्यक्ष माथि
यस्तो गम्भिर आरोप लाग्दा पनि बैठक नडाक्ने र छलफल नहुने एनआरएनए जापानको
कार्यसमितिको के काम ? त्यहि भएर मैंले
पदबाट राजिनामा दिएको हुँ ।'
'व्यक्तिगत रुपमा मलाई
मरेको मान्छेको नाममा पैसा खाएको कुरा चित्त बुझेन, छानविन समितिले पैसा हिनामिना भएको भन्ने तर कसले खायो
नभन्ने, अध्यक्षमाथि नै आर्थिक
भ्रष्टाचारको आरोप लागेपछि कार्यसमितिको बैठक नराख्ने, महासचिव लगायत बैठक राख्नबाट पन्छिने जस्ता कारणले पदमा
बसिरहन उचिन नलागेर राजिनामा घोषणा गरेको' खनालको भनाई छ ।
यस्तो गम्भिर आरोप
लागेपछि अध्यक्ष सहित आरोपमा मुछिएकाहरुले राजिनामा दिनुपर्नेमा, आरोपितहरु चुपचाप बस्ने बाँकी पदाधिकारीले मुख
नखोल्ने गर्दा भ्रष्टाचारको दलदल भूमरिमा फसेको एनआरएनए जापानको कार्यसमितिबाट
उम्कन आफुले राजिनामा दिएको खनालले बताए ।
'उहाँहरुले दबाव वा घुर्कि
जे सम्झिनुहुन्छ सम्झेहुन्छ, एनआरएनए
कार्यसमिति भित्र बसेर समेत यस्तो गम्भिर आरोपमा केही गर्न सकिएन बैठक समेत
महासचिवले डाकेनन्, मलाई यसमा पछुतो
छ' पदबाट राजिनामा घोषणबारे
जानकारी दिंदै राजेश खनालले जापानसमाचारसँगको कुराकानीमा भने 'यो समग्र मुद्दाको छिनोफानो नभएसम्म एनआरएनए
जापानको नयाँ निर्वाचन पनि गर्नहुँदैन किनभने जापानवासी नेपालीहरुले यस्तो गम्भिर
आरोप लागिरहेका व्यक्तिहरुलाई केही कारवाहीपनि नहुने भएपछि संस्थाको चुनावको के
अर्थ ?'
आफ्नो राजिनामा बारेमा
खनालले सार्वजनिक गर्नुभएको जानकारी
NRNA जापानको
कार्यसमित र पदाधिकारी माथी केहि समय अगाडी लागेको आरोपको बारेमा येहालाई प्रस्ट
रुपमा जानकारी रहेको साथै NRNA ICC को पहलमा नै
छानबिन समिति गठन गरिएको र उक्त समितिले लामो समय पछिको गहन अध्ययन पछि आज NRN
ICC का बरिस्ठ पदाधिकारीको उपस्थित भई छानबिन
समितिको अस्पस्ट प्रतिवदेनको पूर्ण पाठको लामो फेरिहस्ते सुनाएको ।
जापानको सरकारी निकायमा Non
Profit सस्थाको रुपमा दर्ता भएको
सस्थालाइ हल्का रुपमा राखी सम्पूर्ण जापानबासी तथा NRNA सग आबद्द NRNA सदस्य को मनोबल गिराउने कार्य गरेको साथै छानबिन समितिले अस्पस्ट रुपमा NRNA
जापानमा प्रस्ट रुपमा आर्थिक अनियमिता भएको तर
कहाँ र कसरी भएको भन्ने कुरा अस्पस्ट राखी अन्योल माहोल बनाएको र आफु NRNA जापान को कार्यसमितीमा पहिलो पटक रहेको र यस NRNA
जापान सस्था पर्ती रहेको आस्था माथी नै प्रश्न
चिन्न लागेको महसुस भएको हुनाले यस NRNA जापानको कार्यसमिती सदस्य को पद बाट राजिनामा दिदै सत्य तथ्य प्रस्ट रुपमा
नआउदाका दिन सम्म NRNA जापानका सम्पूर्ण
कार्यहरुलाई निलम्बित गरि सत्य तथ्य बाहिर ल्याउनु हुनु अनुरोध गर्दछ।
राजेस खनाल
कार्य समिति सदस्य
NRNA जापान १९-२१
बोधार्थ महासचिब NRNA
ICC

Comments
Post a Comment