चीनले ताइवानमा सैन्य हमला गरे नागरिक फिर्ता ल्याउने एलडीपीको योजना

 





एजेन्सी, जापान ।

जापानको मुख्य सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टीका सदस्यहरुले ताइवानसँग जोडिएको आपतकालिन निकासहरुसँग जुध्ने विषयमा तयारी गर्न सरकारलाई आग्रह गरेको छ ।

ताईवानमा चीनको सैनिक र अन्य दबाव बढेर चिनियाँ सैन्य आक्रमण हुने अनुमान गरिरहँदा परराष्ट्र मन्त्रालयको परराष्ट्र मामिला अनुसन्धान समितिमा एलडीपीका सदस्यहरुले सरकारलाई तयारी गर्न भनेको हो ।

कागजातमा भनिएको छ कि ताइवानमाथि चीनको आक्रमण जापानको सुरक्षा चुनौतिको स्थिति हो ।

ताईवान सम्वन्धि सुझावमा सरकारलाई आपतकालिन अनवस्थामा आफ्ना नागरिकहरुलाई त्यहाँबाट कसरी सुरक्षित बाहिर निकाल्ने भन्ने योजना बनाउनपनि भनिएको छ ।

एलडीपी सदस्यहरूले जापानले ताईवानको साथ सम्बन्ध मजबुत बनाउनुपर्नेमा समेत जोड दिएका छन् । विशेष रूपमा मन्त्रीहरू र अधिकारकर्मीहरू बीचको आदान प्रदान सम्बन्धी छलफल बढाउन भनिएको छ ।

अन्तर्राष्ट्रिय संगठनहरुमा ताइवानको भागीदारी जापानको राष्ट्रिय हितहरु र सुरक्षाको लागि उपलब्धिमुलक हुने सत्ताधारी दलका सांसदहरुले सुझाएका छन् । विश्व स्वास्थ्य संगठनको वार्षिक समितिहरूमा ताइवानको प्रतिबद्धता र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा ताईवानसँग जोडिएको विषयमा मद्दत गर्न जापान सरकारले पहल गनुपर्ने सुझाव सरकारलाई दिइएको छ ।



Comments