जापान खोप कार्यक्रमलाई तिब्रता दिंदै ! ठूला कम्पनीमा कार्यस्थलमै खोप

 



टोकियो, जापान ।

जापानका अधिकांश ठूला कमपनीहरुले कार्यस्थलमा कोरोना भाइरस विरोधी खोप लगाउने योजना बनाएका छन् । क्योदो नयूजले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणमा संलग्न ११६ प्रमुख कम्पनीहरु मध्ये ९७ प्रतिशतले कर्मचारीहरुलाई कार्यस्थलमै खोप लगाउने योजना रहेको बताएका छन् ।

सर्वेक्षण अनुसार ५९ प्रतिशत कम्पनीहरुले कर्मचारीलाई खोप लगाउने दिन वा खोप लगाएको भोलिपल्ट बिदा दिने योजना बनाइरहेको वा यसबारे निर्णय गरिसकेका छन् । जापानले कोरोना भाइरस विरोधी खोप अभियात तीव्र बनाउन खजिरहेको छ । ज्येष्ठ नागरिकहरु बाहेक पनि खोप लगाउने अभियानमा योग्यता युवाहरुमाझ पनि विस्तार गर्न लागिएको छ । यही महीनाको शुरुमा सररकाले कम्पनी र विश्वविद्यालयहरुलाई आफ्नै खोप अभियान आरम्भ गर्ने अनुमति दिने योजना सार्वजनिक गरेको थियो । यो कार्यक्रम जुन २१ देखि शुरु हुँदैछ ।

 

क्योदोको सर्वेक्षणमा १२७ प्रमुख कम्पनीहरु समाविष्ट थिए । यसमध्ये ११६ ले उत्तर दिएका थिए । हाल हजार भन्दा बढीलाई खोप लगाउने योजना बनाएका कम्पनीहरुलाई सरकारले इन–साइट खोपको अनुमति दिइरहेको छ । जापानमा ९९ दशमलव ७ प्रतिशत कम्पनीहरु साना तथा मझौला आकारका छन् । खोपमा असमानता सम्बोधन गर्न सरकारको सबैभन्दा ठूलो चुनौती हुनेछ ।

 

कर्मचारीहरुलाई खोप लगाउने योजना बनाइरहेका ठूला कम्पनीमा कस्मेटिक्स निर्माता शिसेइदो, ट्रेडिङ हाउस मारुबेनी कर्पोरेशन, लगानी तथा प्रविधि समूह सफ्टबैंक आदि रहेका छन् । जुन ४ देखि १६ को बीचमा गरिएको सर्वेक्षणमा ३९ कम्पनीहरुले भने आफूले खोप कार्यक्रम आरम्भको मिति तय गरिसकेको बताएका थिए । यी मध्ये क्यामरा निर्माता क्याननलगायत २८ ओटा कम्पनीले सोमबारदेखि कार्यक्रम शुरु गर्देछन् ।

 

खोप लगाउने ठाउँका रुपमा ७२ ओटा कम्पनीले मुख्यालयलाई रोजेका छन्, ४७ ओटाले शाखा कार्यालयहरु र २४ ले कारखाना रोजेका छन् । सर्वेक्षणमा सहभागी ६९ ओेटाले नयाँ सार्वजनिक बिदा शुरु गर्ने भएका छन् । १९ ओटा कम्पनी चाँहि खोप लगाएपछि हुन सक्ने प्रतिकूल प्रभावप्रति चिन्तित छन् ।



Comments