जापान प्रबेश कुरेकाहरु निराश-आपतकाल हट्यो तर प्रतिबन्ध यथावत

 



टोकियो, जापान ।

मार्च २१ तारिखबाट जापान सरकारले कोरोना भाइरस नियन्त्रण उपाय अन्तर्गत लगाएको आपतकाल फिर्ता लिने निर्णय गरेको छ । आपतकाल फिर्तासँगै नयाँ भिषा वाहक तथा जापान प्रवेशको भिषा आवेदन पर्खाइमा बसिरहेकाहरुको बाटो खुल्ने अपेक्षा भने हालका लागि टरेको छ ।

अर्थात् जापानले आपतकालिन अवस्था हटाए पछि पनि बिदेशी नागरिकहरुको जापान प्रवेश प्रतिबन्ध उपायहरु जारी नै राख्ने निर्णय गरेको छ । जनवरीमा सरकारले विदेशीहरूलाई जापानमा प्रवेश गर्न पूर्णतया प्रतिबन्ध लगाएको थियो ।

विशेष परिस्थिति नभएसम्म, नयाँ कोरोना भाइरसको संक्रमण अवस्था गम्भीर हुँदै गएको कारणले विदेशी प्रवेशमा प्रतिबन्ध लगाउनुपरेको जापान सरकारले बताएको छ । यसअघि सरकारले आपतकालको अवस्था नहटेसम्म अध्यागमन प्रतिबन्ध लगाइने बताएको थियो । तर आपतकालिन अवस्था यस महिनाको २१ तारिखमा हटाइने भएपनि विदेशीलाई जापानमा प्रवेश गर्न अनुमति नदिइने भएको छ ।

मार्च १८ तारिखमा आपतकाल हटाउने घोषणाको साथमा सरकारले संक्रमण नियन्त्रणका उपाय अन्तर्गत बिदेशी नागरिकको प्रवेश सीमित गर्ने उपायहरू जारी राख्ने बताएको छ ।

अर्को घोषणा नहुँदासम्मको लागि ११ देश र क्षेत्रहरूका व्यवसायिक व्यक्तिहरुको लागि दिइएको यात्रा छुटको निलम्बन उपायहरू पनि जारी रहनेछ ।

विशेष परिस्थिति अन्तर्गत जापानी नागरिकहरुको जापान फिर्ता, आवासिय भिषा प्राप्त बिदेशीहरु, आफन्तको अन्त्येष्टि र बच्चा जन्माउने जस्ता कारणमा पुनः प्रवेश सीमित सुविधा जारी रहनेछ ।

 

 



Comments