टोकियो, जापान ।
युगान्डाको ओलम्पिक
टोलीका सदस्यहरू आफ्नो खेल प्रशिक्षण शिविरमा सहभागी हुन जापान आएका छन् । तर
उनीहरूको तयारीमा पहिलो गाँसमै ढुंगा भनेजस्तै समस्या देखा परेको छ । किनभने जापान
उत्रन नपाउँदै एयरपोर्टमा गरिएको स्वास्थ्य परीक्षणमा टिमका एक सदस्यमा कोरोना
भाइरस संक्रमण पुष्टि भएको छ ।
शनिबार टोकियो नजिकै
नारिता एयरपोर्टमा नौ जनाको टोलीलाई बोकेको बिमान अवतरण गरेको थियो । जसमा
खेलाडीहरु बक्सिगं, भारोत्तोलन र पौडी खेलमा सहभागी हुन आएका थिए ।
अधिकारीहरूले जापानमा
आउनु भन्दा पहिले खेलाडी र स्टाफलाई कोरोना भाइरस बिरुद्धको खोप पनि लगाएका थिए ।
तर समूहका एक सदस्यमा एयरपोर्टमा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरसको
सकारात्मक परीक्षण देखा परेको छ । जसका कारण संक्रमित व्यक्तिलाई सरकारले तोकेको
सुविधा घरमा पठाईएको छ र अन्य सदस्यहरु तोकिएको स्थानमा क्वारिन्टिनमा बस्ने भएका
छन् । अन्य खेलाडीहरु आफ्नो होस्ट शहर ओसाका प्रान्तको ईजुमिसानो पुगेर
क्वारिन्टिन नियम पालना गर्नेछन् । उनिहरुको प्रशिक्षण शिविर त्यहिँ हुनेछ ।
युगान्डामा आईपुगेको
खेलाडी टोली जापानमा आईपुग्ने दोस्रो विदेशी टोली हो । यसअघि ओलम्पिकमा सहभागी हुन
अष्ट्रेलियाली महिला सफ्टबल टीम जून १ मा टोकियो आईपुगेको थियो ।

Comments
Post a Comment