टोकियो, जापान ।
टोकियो अदालतले जापानका
पूर्व व्यापारमन्त्री ईशु सुगावारालाई ४ लाख जापानी येन जरिवाना र निर्वाचन
गतिविधिमा तीन बर्षको लागि रोक लगाएको छ ।
जापानको निर्वाचन कानूनको
उल्लंघन गरेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई पैसा र फूलहरू पठाएकोमा
पूर्व व्यापारमन्त्री ईशु सुगावारालाई ३५ सय डलर जरिवाना गरेको अदालतका
अधिकारीहरूले बताएका छन् ।
'टोकियो समरी कोर्ट'ले सुगावाराको भोट दिने
अधिकारलाई निलम्बन गर्ने वा सार्वजनिक कार्यालयको लागि तीन बर्षको लागि निलम्बन
गर्ने आदेश पनि दिएको छ ।
जुन ८ मा अभियुक्तहरूले
सुगावाराको बिरूद्ध अभियोग जारी गरेका थिए । प्रधानमन्त्री योशीहिदे सुगाको
नेतृत्वमा रहेको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी पूर्व मन्त्रीहरुसंग सम्बन्धित
यस्तै घोटालाहरूको आरोपमा फसिरहेको छ । गत साता मात्र पूर्व कानुन मन्त्री यस्तै
भोट गरिद काण्डमा दोसी ठहर भएका थिए ।
५९ वर्षीय सुगावाराले
छोटो समयका लागि तत्कालिन प्रधानमन्त्री शिन्जो आबे नेतृत्वको सरकारमा २०१९ मा
अर्थव्यवस्था, व्यापार र उद्योग मन्त्रालय सम्हालेका थिए । उनले जुन २ मा
एलडिपि पार्टी परित्यागसँगै भोलीपल्ट प्रतिनिधि सभाबाट समेत राजीनामा गरेका छन् ।
अभियोगमा भनिएको छ, सुगावाराले कूल
५३०,००० येन शोक र बधाईको लागि पैसाको रूपमा दान गरेका थिए ।
२७०,००० येन फूल खरिदमा खर्च गरेका थिए जुन रकम ३३ वटा संस्था र
२६ व्यक्तिलाई दिइएको थियो ।
सार्वजनिक कार्यालय
निर्वाचन कानूनको त्यस्तो उल्लंघनमा सामान्यतया भोट दिने वा चुनावमा भाग लिन पाउने
अधिकार ५ बर्षको लागि निलम्बन हुने गर्दछ । यद्यपि अदालतहरूले यसलाई छोटो अवधिमा
झारेर फैसला गर्न सक्ने कानून अनुसार तीन वर्षको समय तोकिएको छ ।
अदालतको फैसलापछि पूर्व
मन्त्री सुगावाराले एक विज्ञप्तिमा आफूले गरेको कामलाई 'गम्भीरतापूर्वक र
गम्भिर पश्चाताप' गरेको उल्लेख गरेका छन् ।

Comments
Post a Comment