टोकियो, जापान ।
राजधानी टोकियोमा एकैदिन
संक्रामक प्रकारको ईण्डियन म्युटेन्ट कोरोना भाइरस 'L452R' का २० नयाँ संक्रमित पुष्टि भएका छन् ।
टोकियो महानगरका अनुसार
टोकियोमा भेटिएका २० नयाँ सहित जापानभर यो भाइरसबाट संक्रमित हुनेको संख्या २५१
पुगेको छ ।
संक्रमित मध्ये केवल ८
जना मात्र संक्रमण भएको स्थान पत्ता लागेको तर १२ जना संक्रमित कहाँबाट हुनपुगे
भन्ने थाहा हुन नसकेको महानगर अधिकारीहरुले बताएका छन् ।
पुष्टि भएका मध्ये
परिवारकै सदस्य, काम गर्ने स्थान,
रेष्टुरेण्ट लगायत क्षेत्रबाट संक्रमण सरेको
पाइएको छ ।
एकजना निम्न माध्यमिक
विद्यालयका विद्यार्थीमा समेत संक्रमण भेटिएको छ ।
यसैबिच जापानमा जुन २८
तारिख सोमबार कोरोना भाइरसका २८ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य
मन्त्रालयले जनाएको छ ।
रात ९:३० बजेसम्मको
तथ्यांक अनुसार १ हजार २ जना नयाँ संक्रमित पुष्टि गरिएको छ ।
विवरणहरु अनुसार जापानमा
कुल कोरोना संक्रमितको संख्या ७ लाख ९७ हजार नाघ्दा निधन हुनेको संख्या १४ हजार ७
सय पार भएको छ ।
कोरोना भाइरसबाट संक्रमित
भएका मध्ये ७ लाख ६४ हजार व्यक्ति निको भइसकेका छन् भने हाल देशभर उपचाररत ५ सय ६४
जनाको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Comments
Post a Comment