टोकियो, जापान ।
नेपाली युवा किक बक्सर
अबिरल घिमिरे जापानमा विश्वस्तरिय के वन किक बक्सिङको भिडन्तमा जापानी खेलाडीसँग
भिड्ने भएका छन् ।
जापानमा हिमालयन चितुवाको
नामले परिचय स्थापित गरेका नेपाली युवा खेलाडी अबिरल आगामी जुलाई १७ मा के वन किक
बक्सिङको रिङमा भिड्न लागेका हुन् ।
जापानका व्यवसायिक किक
बक्सर हिरोमि वाजिमा अबिरलसँग भिड्ने खेलाडी हुन् । वाजिमा झण्डै एकदर्जन के वन
किक बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवि खेलाडी हुन् । गत बर्ष यसै
शिर्षक अन्तर्गत भएको प्रतिस्पर्धामा उनले आफ्ना प्रतिद्धन्द्धिलाई ओसाकामा हराएका
थिए । तर अबिरलसँगै यसअघि भिडन्त गरेका फिलिप किमुरासँग भने वाजिमा पराजित भएका
थिए । रोचक कुरा के भने वाजिमालाई सहजै पराजित गरेका किमुरालाई अबिरलले कडा टक्कर
दिएका थिए ।
यस पटक पनि गत वर्षजस्तै
के वन किक बक्सिङ अन्तर्गत के वन सुपर वेल्टरवेट प्रतियोगिता ओसाका शहरमा नै
हुँदैछ ।
प्रतियोगिताको लागि कडा मेहनत
सहित तयारी गरिरहेको अबिरलले बताएका छन् । यसअघि कोरोना महामारीका बिचमा पनि
टोकियोमा भएको केवन किक बक्सिङमा ठूलो संख्यामा जापानवासी नेपालीहरुको उपस्थिति र
साथ पाएको बताउँदै अबिरलले यसपटक पनि आफुले विगतमा जस्तै सबै नेपालीहरुको साथ र
सहयोग पाउने अपेक्षा लिएको बताए ।
हिमालयन चितुवाले जिते
अर्को अन्तर्राष्ट्रिय किक बक्सिङ उपाधि
पछिल्लो पटक मार्च २८ मा
भएको के वन किक बक्सिङ प्रतिस्पर्धामा अबिरलले जापानी चर्चित बक्सर कोतेचुलाई नक
आउट गर्दै जीत दर्ता गरेका थिए । जुन कुनैपनि नेपाली खेलाडीले जितेको विश्वस्तरिय
किक बक्सिङको पहिलो उपाधि थियो ।
त्यसपछि पनि अप्रिल २६ मा
भएको अन्तर्राष्ट्रिय प्रोफेसनल किक बक्सिङ हिट ४८ मा अबिरल घिमिरेले जापानी
खेलाडीलाई योसिदा यईजीमाथी सहज जित निकालेका थिए ।
त्यसपछि पनि अप्रिल २६ मा
भएको अन्तर्राष्ट्रिय प्रोफेसनल किक बक्सिङ हिट ४८ मा अबिरल घिमिरेले जापानी
खेलाडीलाई योसिदा यईजीमाथी सहज जित निकालेका थिए ।

Comments
Post a Comment