जापानको टोकियोवासीहरुले यहि महिनाबाट कोरोना खोप लगाउन पाउने, तपाई बस्ने वार्डमा खोप लगाउने मिति थाह पाउनुहोस
टोकियो/जापान। जापानको
राजधानी टोकियोका १४ ओटा वडामा यहि महिनाको अन्त्यसम्ममा ६४ वर्षभन्दा मुनिका
नागरिकहरुमा पनि कोरोनाको खोप लगाउन सुरु हुने बताईएको छ । हाल जापानमा ६५
वर्षभन्दा माथीका वृद्ध/वृद्धाहरुमा खोप लगाउने काम भईरहेको छ ।
अत्याधिक संक्रमण देखिँदै
आएको र सबैभन्दा धेरै जनासंख्या रहेको राजधानी टोकियोको टोकियो महानगर भित्रा २३
वडा मध्ये १४ ओटा वडामा यहि महिना(जुन)अन्त्यसम्ममा सबै नागरिकहरुलाई खोप दिने
तयारी गरिएको जापानी संचार माध्यमहरुले जनाएका छन् । यस अघि तोकिएको प्राथमिकताको
सुचीमा रहेका उमेर समुह(६५ वर्ष र सो भन्दा माथीका) मानिसहरुमा अझै खोप लगाउने काम
सक्किईसकेको भने छैन । यद्यपी ६४ वर्षमुनिका नागरिकहरुलाई पनि खोप लगाउन सुरु
गर्ने बताईएको छ ।
समाचारहरुमा जनाईए अनुसार,१.चियोदा कु, २.सिन्जुकु कु, ३.सेतागया कु,४ .आराकावा कु
५.सुमिदा कु ६.कोतोकु ७.मेगुरो कु ८.तोसिमा कु ९.किता कु १०.नेरिमा कु ११.खाचुसिखा
कु १२.चुओ कु तथा अन्य केहि कुहरु गरि १४ ओटामा यहि महिनाको अन्तिमबाट खोप लगाउने
तयरी गरिएको छ । यसका अलवा अन्य कुहरुले पनि जुलाई महिनाको सुरुवाती तथा
मध्यतिरबाट खोप लगाउन सुरु गरिने बुझिएको छ ।
तपाई बसेको कु(वार्ड)मा
खोप लगाउन सुरु भएपछि जानकारी पत्र आउनेछ । त्यसैले मेरो पालो कहिले होला ?
म छुट्ने पो हो कि भनेर पिर मान्नु पर्दैन ।तर
आफ्नो सहि ठेगाना भएको ठाउँको पोस्टल लेटरहरु भने हेर्दै गर्नुहोला ।

Comments
Post a Comment