उद्धार बिमान मार्फत जापानबाट आफ्नो देश फर्किए सयौं भियतनामी

 




टोकियो, जापान ।

जापान सरकारले कोरोना भाइरसको संक्रामक प्रकार आयात रोक्न सीमामा नियन्त्रण बढाएको छ । सरकारको यस नीतिका कारण जापानमा गत हप्ता हजारौं भियनतामी अलपत्र परेका थिए । शनिबार उद्धार विमान चढेर सयौं भियतनामीहरु स्वदेश फर्किन नारिता विमानस्थलमा जम्मा भएका थिए ।

बिरामी, गर्भवति भएकालगायत विशेष खालको अवस्था भएका नागरिकरुलाई स्वदेश फिर्ता लैजान भियतनाम सरकारले उडान गर्दै आएको थियो । तर मध्य मे मा जापान सरकारले प्रवेशसम्बन्धी नियममा कडाई गरेपछि यो सेवा स्थगित भयो । शनिबार प्राविधिक प्रशिक्षार्थी र विद्यार्थी समेत करीब ३०० भियतनामी नागरिकहरु करीब तीन हप्तामा पहिलो पटक सञ्चालन गरिएको उद्धार सेवामार्फत घर फर्किए ।

 

आफू करीब एक वर्षदेखि घर फर्किन चाहेको र अन्ततः आफूले आफ्नो प्रेमिका र मातापितालाई भेट्न पाउने भएकोले खुसी रहेको एक विद्यार्थीले बताए । टिकट नपाएका कयौं मानिसहरु अरुले रद्द गरेको टिकट पाइन्छ कि भनेर चेक–इन काउन्टर नजिक जम्मा भएका थिए ।

गत महीनाको अन्त्यसम्म करीब ७ हजार भियतनामीले स्वदेश फर्किने इच्छा देखाएको भियतनामी दूताबासले बताएको छ । तर यस महीना उद्धारका लागि कुनै पनि उडान भएन । जापान सरकारले भियतनाममा पाइएको कोरोना भाइरसको संक्रामक प्रकार फैलिन नदिन सिमामा थप कडाई गर्दैछ ।

 

शुक्रबारदेखि लागू हुने गरी त्यहाँबाट आउने यात्रीहरु कूल १४ दिनको क्वारन्टिन अवधिमध्ये ६ दिन सरकारले तोकेको स्थानमा बस्नु पर्नेछ अनि दुई पटक कोरोना भाइरसको संक्रमणको परीक्षण गराउनु पर्नेछ ।

 


Comments