टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा
एक नेपाली पुरुष होटलमा मृत फेला परेका छन् ।
जापानसमाचारलाई प्राप्त
जानकारी अनुसार नेपाल बाग्लुगं जिल्ला गल्कोट घर हुनुभएका राजन बुढाथोकी मृत
भेटिनुभएको हो ।
राजधानी टोकियो स्थित
शिन्जुकुको एक होटलमा बुढाथोकी जुन २३ तारिख मृत भेटिनुभएको हो । जुन २२ तारिख रात
होटलमा बास बसेका बुढाथोकी २३ तारिख बुधवार बिहान होटलको कोठाबाट ननिस्केपछि
कर्मचारीले कोठा चेक गरेका थिए । सो क्रममा हरि नामले परिचित बुढाथोकी मृत भेटिएको
बताईन्छ ।
प्रहरीले बुढाथोकीको
मृत्युको कारण आफैंले ज्यान लिनु भएको बताएको छ । जापान दक्ष सिप अन्तगर्त कुक
पेशामा रहनुभएका बुढाथोकीको श्रीमती केही महिनाअघि मात्र नेपाल फर्किनुभएको
बुझिएको छ ।
श्रीमती नेपाल पठाएपछि केही
समय यता एक साथीसँगै बस्दै आउनुभएका बुढाथोकी केही दिनयता बस्दै आएको कोठामा पनि
नगएको पाइएको छ ।
मृतक बुढाथोकीको शव हाल
प्रहरी नियन्त्रणमा रहेको र प्रहरीले घटनाको छानविन गरिरहेको बताईएको छ ।

Comments
Post a Comment