टोकियो, जापान ।
ईण्डियामा महामारीको रुप
लिएको छिटो संक्रमण सर्ने र जोखिम समेत बढि हुने संक्रामक कोरोना भाइरस नेपालमा
फैलिएका कारण जापानले प्रतिबन्ध लगाएको महिना दिन हुन लागिसकेको छ ।
जापानभित्र समेत आपतकाल
यथावत रहँदा तत्काल प्रतिबन्ध नखुलेपनि छिट्टै खुल्ने आशा गरिरहँदा नेपालबाट आएका
थप व्यक्तिमा संक्रामक कोरोना संक्रमण भेटिएको छ ।
नेपाल र ईण्डियाबाट आएर
एयरपोर्ट क्वारिन्टिन परिक्षण गरिएका १४ जनामा ईण्डियन म्युटेन्ट कोरोना भाइरस
पुष्टि भएको यहाँको स्वास्थ्य, श्रम तथा कल्याण
मन्त्रालयले बताएको छ । नेपालबाट मे २२ तारिख आएका उनिहरुमा संक्रमण पाइएको
बताइएको छ । हालको अवस्थामा एइजु, तेईजु, जापानी नागरिकसँग विवाह गरेका नेपाली र तिनका
सन्तानलाई मात्र आउन दिएकाले यिनै मध्ये कुनै एक क्याटोगोरिमा उनिहरु आएको विश्वास
गरिएको छ । नेपाल जापान सिधा हवाई उडान नभएका कारण उल्लेखित क्याटोगोरिका
व्यक्तिपनि तेस्रो मुलुकहुँदै ट्रान्जिट बनाएर आउनु पर्ने हुन्छ ।
समाचार अनुसार एयरपोर्ट
क्वारेन्टिनमा गरिएको परिक्षणमा नेपाली र ईण्डियन महिला र पुरुष गरेर कुल १४ जनामा
संक्रमण पुष्टि भएको छ ।
एयरपोर्ट क्वारिन्टिनमा
रहँदा संक्रमण पाइएका १४ जना मध्ये ९ जनामा कुनैपनि लक्षण नदेखिएको भएपनि ५ जनामा
उच्च ज्वरो लगायतका लक्षणहरु देखिएका थिए । परीक्षण गर्दा कोरोना संक्रमण पाइएपछि
भाइरसको प्रकार चेकजाँच गर्दा ईण्डियन म्युटेन्ट कोरोना भाइरस पाइएको स्वास्थ्य
मन्त्रालयले बताएको छ । जापानको एयरपोर्टमा हालसम्म बिदेशबाट आएका १९२ जनामा
ईन्डियन म्युटेन्ट कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जापान भित्रै हालै मात्र
यो भाइरसबाट संक्रमित २४ जना फेला परेको खवर सार्वजनिक भएको थियो ।
जापानमा हालसम्म ईण्डियन
संक्रामक भाइरसबाट संक्रमितको संख्या १ सय ९२ पुगेको स्वास्थ्य मन्त्रालयले बताएको
छ ।
जापान प्रवेश तत्काल
नखुल्ने संकेत ! नेपाल र ईण्डियाबाट आएकामा संक्रामक कोरोना भेटियो

Comments
Post a Comment