ओलम्पिकमा जापानले ५३ हजार आगन्तुकलाई प्रवेश दिने, नेपालबाट आउनेलाई कडाई

 



टोकियो, जापान ।

ओलम्पिक र पाराओलम्पिक खेलहरूमा टोकियो आयोजक समितिले कूल ५३,००० अधिकारी र अन्य खेल सम्वद्ध व्यक्तिहरुलाई जापान प्रवेश दिने अनुमान गरिएको छ । यो आंकडामा खेलाडीहरुलाई समावेस गरिएको छैन । यो संख्या संक्रमणकालिन स्थिति नभएको भए १ लाख ८० हजारको रहेको थियो । तर कोभिड संक्रमण यथावत रहँदा गत महिना अनुमान गरिएको भन्दा थप २५ हजार संख्या घटाइएको छ ।

 

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका सदस्यहरू, उनीहरूका परिवारहरू र प्रत्येक अन्तर्राष्ट्रिय खेल महासंघका कार्यकारीहरू लगायत करीव ४१ हजार व्यक्ति जापान आउनेछन् । यसैगरि पाराओलम्पिकमा १२ हजार खेल सम्वद्ध अधिकारीहरु जापान आउने अपेक्षा गरिएको छ ।

आयोजक समितिले खेलहरू सरलीकृत गर्ने प्रयासको रूपमा मेको अन्तमा अधिकारीहरूको अनुमानित संख्या घटाएर ७८ हजारमा सिमित बनाएका थिए ।

ईण्डिया र अन्य देशका खेलाडीहरूका लागि खेल आयोजक समितिले कडा कदम चाल्ने घोषणा गरेको छ । जसका लागि जापानले कोरोना भाइरस भेरियन्टको प्रसारको बीच सीमा प्रतिबन्धहरू कडा बनाएको छ ।

त्यस्ता देशका खेलाडीहरुले जापान प्रस्थान गर्नु अघि सात दिन दैनिक कोभिड परीक्षण गर्नु पर्ने हुन्छ र तीन दिनसम्म अन्य देश र क्षेत्रका प्रतिनिधिहरूसँग एकसाथ तालिम लिन पाउनेछैनन ।

यो सूचिमा ईण्डिया सहित नेपाल, पाकिस्तान, श्रीलंका लगायत ईण्डियन संक्रामक भाइरस फैलिएका देशहरु समावेश हुनेछन् ।



Comments