टोकियो, जापान ।
एक हप्तामा तीन दिन बिदा
भए त कस्तो रमाइलो हुन्थ्यो है ?
सन् २०१९ मा माइक्रोसफ्ट
जापानले तीन दिनको सप्ताहन्तको परीक्षण गरेको थियो । यस नीतिले कर्मचारीहरुको
उत्पादकत्वमा उल्लेख्य सुधार आएको देखियो । कर्मचारीहरुले सामान्य बेलाको भन्दा ४०
प्रतिशत धेरै काम गरेको पाइयो । जापान जस्तो अत्यधिक काम गर्ने संस्कृति भएको
देशमा कर्मचारीहरुले यस लचिलो कार्य समय पाउनु अचम्मकै कुरा थियो । यसलाई देशका
अन्य क्षेत्रमा पनि यस्तै खालको कार्य नीति अपनाउन शुरु हुन्छ भन्ने आशा पलाएको
थियो । तर त्यसपछि पनि खासै परिवर्तन भएन ।
काम सकिनु केही मिनेट अघि
घर जाने गरेको भन्दै एक सरकारी कार्यालयले कर्मचारीलाई सजाय दिएको खबर भर्खरै हामी
सबैले सुनेका छौं । तीन दिनको सप्ताहन्त धेरैको लागि अझै पनि आकाशको फल झैं छ । तर
अहिले आशाका केही किरण देखिएको छ । अप्रिल ५ मा लिबरल डेमोक्रेटिक पार्टी
(एलडीपी)का नेता तथा मन्त्री परिषद्का मुख्य खाचुनोबु कातोले सम्भावित ऐच्छिक तीन
दिनको छुट्टी कार्यान्वयनबारे सरकारले के गर्न सक्छ भनेर आफूले जाँच्न चाहेको
बताएका थिए । यस नीति अन्तर्गत फूल टाइम स्थायी कर्मचारीहरुले पनि हप्तामा दुई
दिनको सट्टा तीन दिनको बिदा रोज्न सक्नेछन् ।
पत्रकार सम्मेलनमा कातोले
काम र निजी जीवनबीचको स्वस्थ सन्तुलनको बढ्दो आवश्यकताबारे कुरा गरेका थिए ।
साप्ताहिक रुपमा तीन दिनको ऐच्छिक बिदा लागू भएमा बिदा नपाएर छोराछोरी हेर्न
धौंधौंको अवस्था भोगिरहेका अभिभावक, घरमा बुढा बाउआमा वा आफन्त अनि बिरामी भएका
कर्मचारीहरुलाई राहत हुने छ । यसले काममा कर्मचारीलाई टिकाउन पनि मद्दत मिल्नेछ ।
यसले कर्मचारीहरुलाई घुमफिर गर्न पनि बढी समय दिनेछ । यसले उल्टै जापानको पयर्टन
उद्योगलाई टेवा दिनेछ । केही ले भने यस नीतिले तलब घटाउने चिन्ता गरेका छन् । केही
कम्पनीहरुले भने अतिरिक्त बिदाका कारण गुमेको कार्य घन्टामा सन्तुलन ल्याउन
सार्वजनिक बिदा बाहेकका दिनको कार्य घन्टा बढाउने निर्णय गर्न सक्ने पनि बताइएको छ
।
तीन दिनको बिदा प्रणाली
देशभर लागू गर्ने हो भने नयाँ श्रम नीति ल्याउनु पर्छ । एलडीपीले यस अघि नै तीन
दिने बिदाबारे छलफल शुरु गरिसकेको छ । यसबारे विज्ञहरुसँग छलफल गरेपछि प्रस्ताव
पेश गरिने अपेक्षा गरिएको छ । यसबारे अनलाइन र सामाजिक सञ्जालहरुमा पनि वहस हुन
थालिसकेको छ ।

Comments
Post a Comment