जापानी संस्कृतिलाई
राम्ररी बुझ्ने हो भने एकदमै रोचक छ। धेरैले जापान भन्ने बित्तीकै ‘सामुराइ
योद्धा’,
‘सुमो रेसलिङ’ अनि
‘हिरोसिमा नागासाकीको घटना’ याद गर्छन्। तर यी कुराहरूले जापानको संस्कृति र
त्यहाँका बासिन्दाहरूको सतहलाई मात्रै कोट्याउँदछ। पहिलो दृष्टिमा, जापानलाई झगडालु देश अनि प्राचीन कला र
संस्कृतिलाई अँगालेको देशको रूपमा देख्न सकिन्छ। तर जापान देश विज्ञान र प्रविधीको
क्षेत्रमा पनि धेरै नै अगाडि रहेको कुरा धेरैलाई थाहा नहुन सक्छ।
लगभग १३ करोड जनसङ्ख्या
भएको यो रोचक देशले आधुनिक स्मार्टफोन र बुलेट रेलको युगसँगसँगै आफ्नै प्राचीन
पहिचानलाई पनि अँगालिरहेकको छ। आजको अङ्कमा, तपाईँहरूलाई जापानी संस्कृतिको
बारेमा केहि रोचक तथ्यहरू प्रस्तुत गर्न गइरहेका छौँ।
चीन सबैभन्दा बढी चिया
उपभोग गर्ने देशको रूपमा चिनिन्छ भने, जापानलाई सबैभन्दा बढी कफी उपभोग गर्ने देशमा
चिनिन्छ। जमाइकाको कफी प्रोडक्सनको ८५ प्रतिशत कफी जापानले नै निर्यात गर्ने
गर्दछ।
तीन भवनको छतमा विश्वकै
सबैभन्दा उचाइमा बनेको पौडी पोखरी
जापानको साक्षारता दर
(पढ्न र लेख्न सक्ने मानिसको सङ्ख्या) विश्वकै सबैभन्दा धेरैमध्येमा पर्दछ, जुन लगभग १००
प्रतिशतकै हाराहारीमा रहेको छ। जापानमा केवल ४ प्रतिशत मात्रै जनता बेरोजगार छन्।
बिजनेसम्यानसंग विवाह
गरेका ८ बलिउड नायिका
जापानको राष्ट्रिय खेल
‘सुमो’ हो। ८ औँ शताब्दीमा, जापानका मानिसहरूले फलदायी अन्न उत्पादन गर्न
‘सुमो’को परम्परा ल्याएका थिए। पछि, यसलाई सार्वजिक खेलको रूपमा खेलिन थियो, जसमा दुईजना
मानिसहरु रिङ भित्र लड्छन् र दुईमध्ये कुनै एक रिङभन्दा बाहिर गएमा वा पाइताला
बाहेक अन्य अङ्गले भुइँमा टेकेमा त्यो खेलाडी बाहिरिन्छन्।
जापानमा ‘भेण्डिङ मेसिन’
(Vending Machine) भनेपछि सबैजना हुरुक्कै हुन्छन्। यो मेसिनमा
पैसाको सिक्का राखेपछि यसले एटिएम मेसिनले जस्तै विभिन्न प्रकारका खाध्यपदार्थहरू
(बियर, प्रिङ्गल्स, अण्डा, चिकेन फ्राइ, कोक, चिप्स, आदि।)
ग्राहकहरूलाई दिने गर्दछ।
भेण्डिङ मेसिन लगायत, जापानमा यस्ता
क्याफे पनि छन्, जसले विशेष किसिमका चाहनाहरूलाई पुरा गर्ने गर्दछन्। कुनै
क्याफेमा ग्राहकहरूले कुकुर र बिरालोको बच्चासँग खेल्नको लागि पैसा तिर्ने गर्छन्, कुनै क्याफे
यस्तो पनि हुन्छ, जहाँ मानिसहरू अञ्जान व्यक्तिसँग आराम गर्नको
लागि पैसा तिर्ने गर्छन्, जसलाई ‘कडल क्याफे’ (Cuddle Cafe) भनिन्छ।
जापानमा घोडाको मासु
प्रचलित छ। घोडाको मासुलाइ मसिनो गरी काटी काँचो खान दिइन्छ, जसलाई ‘बासासी’
भनिन्छ। यसलाई सोया ससमा चोपेर अदुवासँग खाने गर्छन्। अझै, त्यहाँ त बासासी
फ्लेवरको आइसक्रीम पनि पाइन्छ।
जापानबाट मात्रै १८ जनाले
नोबेल पुरस्कार पाइसकेका छन्( रसायनशास्त्र, चिकित्साशास्त्र र
भौतिकशास्त्रको क्षेत्रमा)
जापानको ‘एनिमे’ (Anime) विश्वभरीनै प्रख्यात छ, यो एकप्रकारको कार्टून जस्तै हो, तर कार्टून नै
होइन। यसलाई ‘कार्टून’को संज्ञा दियो भने त्यहाँ मानिसहरूका साथै एनिमे रुचाउनेहरू
पनि रिसाउने गर्छन्। त्यहाँका टिभी च्यानेलहरूमा पनि नियमित एनिमे प्रशारण हुने
गर्दछ। एनिमेसनको क्षेत्रमा जापानको एनिमेले ६० प्रतिशत भाग ओगटेको छ। अझै, जापानभरीमा
एनिमेको लागि आवाज दिनको लागि १३० वटा विध्यालयहरू पनि खोलिएका छन्।
जापानको प्रचलित
संस्कारमध्ये ‘जुत्ता-चप्पल फुकाल्नु’ पनि एकमा पर्दछ। कसैको घरमा छिर्नुभन्दा
अगाडि, घरको भुइँ ६ इन्चजतिले उठाएको छ भने, जुत्ता फुकालेर
भित्री चप्पल लगाउनुपर्दछ। र यदि कसैको घरको भुइँमा ‘तातामी म्याट’ ओछ्याएको छ र २
इन्चले भुइँ उठाएको छ भने, चप्पल फुकाल्नुपर्ने हुन्छ।
विश्वकै सबैभन्दा धेरै
वृद्धवृद्धाहरू भएको देश जापान हो, जहाँ कुल जनसङ्ख्याको करीब २३ प्रतिशत
मानिसहरूको उमेर ६५ वर्षभन्दा बढी रहेको छ। वृद्धवृद्धालाई निकै आदार सत्कार गर्ने
संस्कृति जापानमा छ, चाहे त्यो खानेबेला होस् या सवारी साधनमा होस्।

Comments
Post a Comment