टोकियो, जापान ।
जापानको राजधानी टोकियोमा
जुन २७ मा ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन् । सरकारले कोरोना भाइरसको
महामारी नियन्त्रण गर्न लगाएको आपतकाल जुन २१ म हटाएर टोकियो र अन्य ६
प्रिफेक्चरमा आपतकाल लगाएको थियो ।
सो पछिको पहिलो सप्ताहन्त
अर्थात् यही आइतबार टोकियो हाराजुकु जिल्लाको लोकप्रिय शपिङ गन्तव्य ताकेशिता
सडकमा धेरै युवाहरु देखिएका थिए । आफूले सोचेको भन्दा धेरै मानिस देखेको सोही
सडकमा तापिओका पिइरहेका एक १८ वर्षिय युवा साकुरा शिगेमासुले भने ।
यस गर्मीयाममा पनि मास्क
लगाउनु पर्छ भन्ने सोच निराशाजनक भएको भएपनि आफू संक्रमणबारे सचेत रहने उनले बताए
। टोकियोको कोतो वडाकी कनिष्ठ उच्च विद्यालयकी एक १५ वर्षिय विद्यार्थी साथीभाइसँग
किनमेल गर्न आएकी थिइन् । आफूले संक्रमण सर्ने चिन्तामा गत बसन्त ऋतुदेखि नै यस
ठाउँमा नआएको तर आपतकाल हटेपछि हाराजुकु आएको उनले बताइन् । आफूलाई खोप लगाएपछि
हुन सक्ने असरबारे डर लागेको त्यसैले खोप लगाउने सोच नरहेको पनि उनले बताइन् ।
यद्यपि, संक्रमण सर्न नदिन
उपायहरु आफूले अपनाउनेमा भने उनले जोड दिइन् । ‘आपतकालको बेलामा भन्दा यस
सप्ताहन्त यहाँ धेरै नै मानिसहरु छन् । म संक्रमणबारे सचेत रहँदै विस्तारै सामान्य
जीवनयापनमा फर्किन चाहन्छु’ सोही क्षेत्रमा एक कफी शपका २९ वर्षिय कामदारले भने ।
जुन २७ को दिउँसो ३ बजे
तिर शिन्जुकु स्टेशनमा प्रयोगकर्ताको संखया गत वर्षको सोही अवधिको तुलनामा २३
दशमलव ८ प्रतिशत धेरै रहेको मोबाइल सेवा प्रदायक एनटीटी डोकोमो इंकको सेल फोन
लोकेशन डेटाले देखाएको छ । शिबुयाको सेन्टर–गाई सडकमा यो दर ३३ दशलमव ३ प्रतिशत
धेरै छ ।
जापानमा संक्रमण शुरु
हुनु अघिक अर्थात् सन् २०२० को जनवरी १८ देखि फेब्रुअरी १४ को बीचको तुलनामा भने
शिन्जुकु स्टेशन र सेन्टर–गाई सडकमा बिदाको दिनमा औसत प्रयोगकर्ताको संख्या क्रमशः
६ दशमलव २ प्रतिशत र १५ दशमलव ४ प्रतिशत कम पाइएको छ ।

Comments
Post a Comment