ओलम्पिकमा खटिने चिकित्सकहरुले भटाभट नाम फिर्ता लिन थाले

 




टोकियो, जापान ।

टोकियो ओलम्पिक तथा पाराओलम्पिक खेल प्रतियोगिता स्थलमा खटिने चिकित्सकहरुले एकपछि अर्को गरि नाम फिर्ता लिन थालेका छन् ।

टोकियो ओलम्पिक तथा पाराओलम्पिक आयोजक समितिको योजना अनुसार प्रत्येक प्रतियोगिता स्थलमा चिकित्सक अधिकारी तैनाथ गरिनेछ । जसलाई विएमओ नाम दिइएको छ ।

यि अधिकारीले आपतकालिन अवस्था, आतंककारी हमला वा अन्य स्वास्थ्य कारणले दर्शक अकस्मात बिरामी परेमा आपतकालिन चिकित्सक सेवा उपलब्ध गराउन निर्देशन दिन्छन् ।

तर विशेष श्रोतलाई उद्दृत गर्दै एनएचके समाचार संस्थाले उल्लेख गरे अनुसार एक पछि अर्को गरि हालैका दिनहरुमा चिकित्सकहरुले उक्त नियुक्तीबाट आफ्नो नाम फिर्ता लिन थालेका छन् । यसमा धेरैजसो चिकित्साकर्मीले सामान्य कामले आफुहरु व्यस्त हुनपुगेकाले समय दिन नसक्ने बताएका छन् ।

आयोजक समिति ओलम्पिक आयोजनाको करिव २ महिना समय बाँकी रहँदा चिकित्सकहरुले राजिनामा दिन थालेपछि दबावमा परेको छ । आयोजकले रिक्त स्थानमा नयाँ पदपूर्तिको प्रयास गरिरहेको बताइएको छ ।

समितिले गत महिना जापान चिकित्सक संघसँग वीएमओमा सेवा दिनको लागि ७ जना त्यस्ता चिकित्सकहरुको नाम उपलब्ध गराएर सहयोग गर्न आग्रह गरेको थियो ।

ओलम्पिकमा खटिने चिकित्सकहरुले भटाभट नाम फिर्ता लिन थाले

Comments