तोचिगि, जापान ।
विगत लामोसमय देखी
जापानको तोचिगी केन ओयामा शहरमा बस्दै आऊनु भएका विष्णु प्रसाद पाण्डेको आज
(शनिबार) बिहान असामयिक निधन भएको छ ।
केही समययता अस्वस्थ
रहंदै आउनुभएका पाण्डेलाई दिमागमा गम्भिर दुखाइ भएपछि अस्पताल लगिएको थियो । तर
शनिबार बिहान ५:२४ मा अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।
कुक पेशामा आबद्द मृतक
पाण्डे श्रीमती र छोरी संगै बस्दै आऊनु भएको थियो ।
आर्थिक अवस्था कमजोर भएको
हुनाले विदेशको ठाऊमा एक नेपालीलाई दुःख पर्दा आर्को नेपालीले सहयोग गर्नुपर्छ
भन्ने भावनाले सहयोगि मनहरूलाई सहयोग गरिदिनु हार्दिक अनुरोध गरिएको एनआरएनए जापान
तोचिगी क्षेत्रका संयोजक मन्दिप छेत्रीले अनुरोध गर्नुभयो । सहयोग रकम निधन
हुनुभएका पाण्डेको श्रीमतीकै बैंक खातामा जम्मा गर्न सकिनेछ ।
पाण्डेको दाहसस्कारपनि
तोचिगि जापानमा नै आईतवार गरिने भएको छ ।
यसबारेमा उपलब्ध जानकारी
यसप्रकार रहेको छ

Comments
Post a Comment