ओलम्पिक खेल स्थलमा रक्सी बेच्ने निर्णयको टोकियोमै चर्को बिरोध सुरु

 



टोकियो, जापान ।

ओलम्पिक आयोजकहरुले टोकियो २०२० का दर्शकहरुलाई रक्सी बेचविखन गर्न दिने निर्णय गरेका छन् ।

आयोजकहरुको यस निर्णयको टोकियोका बासिन्दाहरुले विरोध गर्न थालेका छन् । संक्रमण फैलिन नदिन अहिले टोकियोमा सीमित समयमा मात्रै रक्सी बेच्न दिइएको छ ।

प्रतियोगिता स्थलमा सीमित समयका लागि रक्सी विक्री गरिने अज्ञात स्रोतलाई उद्धृत गर्दै क्योदो न्यूजले मंगलबार समाचार छापेको थियो । सोमबार स्थलमा १० हजारसम्म घरेलु दर्शकलाई जान दिइने निर्णय पछि यो निर्णय भएको हो ।

सरकारले गत हप्ता राजधानीमा लगाएको आपतकाल हटाएर अर्ध–आपतकाल शुरु गरेको थियो । यसमा छोटो समयका लागि दुई जनासम्मलाई एक ठाउँमा बसेर रक्सी पिउन दिइनेछ । तर टोकियो ओलम्पिक्समा पनि रक्सी बेच्न दिने निर्णयले टोकियोका बार, रेष्टुराँ र नाइट क्लबहरु रुष्ट भएका छन् ।

सबैभन्दा ठूलो समस्या सहुलियतपूर्ण व्यवहार होः प्रतियोगिताहरु राम्रा हुन् तर फिल्म हल चाँहि नराम्रा, ओलम्पिक्स ठिक छ तर लाइभ कार्यक्रम राम्रो होइनन,’ आर्टहाउस सिनेमाका लागि आपतकालीन कोष जुटाउने एक अभियानको ट्विटर ह्यान्डलमा लेखिएको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न रक्सी खान हुने जमघटलाई निशाना बनाउँदै आएको थियो । यद्यपि, ओलम्पिकमा रकसी बेच्न दिइने अनुमतिले प्रायोजक आसाही ग्रुप होल्डिङ्सलाई भने केही राहत दिनेछ ।

 


Comments