टोकियो, जापान ।
टोकियो महानगर गभर्नर
यूरीको कोइकेले जापानको राजधानीमा आयोजना हुने ओलम्पिक र पाराओलम्पिकका सबै
प्रत्यक्ष सार्वजनिक कार्यक्रमहरू रद्द हुने बताएकी छिन् । शनिवार राजधानीमा
पत्रकारहरुसँग बोल्दै गर्भनर कोइकेले कोरोना भाइरस महामारीको कारण यस्तो घोषणा
गर्न लागिएको स्पष्ट पारिन् ।
प्रधानमन्त्री योशीहिदे
सुगासँग वार्ता गरेपछि गर्भनर कोइकेले पत्रकारहरुलाई भने कि ६ वटा स्थलहरु जहाँ
दर्शक प्रवेशमा स्क्रीनिंग गर्ने तय भएको थियो उक्त स्थानलाई कोभिड १९ खोपका लागि
प्रयोग गरिने भएको छ ।
यो घोषणा टोकियो
ओलम्पिकको उद्घाटन लगभग एक महिना समय बाँकी रहँदा गरिएको हो । कोरोना भाइरस
सम्बन्धी सम्भावित बृद्धि बारेमा सार्वजनिक चिन्ता बढिरहँदा थप संक्रामक नयाँ
भाइरसहरुको भयका बिच नयाँ कदम चालिएको हो ।
राजधानी टोकियोको योयोगि, इनोकाशिरा र
हिबिया पार्क क्षेत्रमा खेल आयोजना स्थलहरू छन् । शनिवार राजधानीमा ३८८ नयाँ
कोरोना भाइरस संक्रमित पुष्टि गरिएको छ ।
सुगा र कोइकेबीचको बैठक
मे २१ पछि पहिलो पटक भएको हो । ओलम्पिक र पाराओलम्पिक आयोजकहरूले सोमबार एक अनलाइन
बैठक गर्दैछन् । जसमा उनीहरूले खेलमा दर्शकहरूको सीमितताको निर्णय गर्नेछन् । सोही
सन्दर्भमा कोइके र सुगाबिच भेटवार्ता भएको हो ।
बिहीबार टोकियो र जापानको
अन्य भागहरूमा कोभिड १९ को आपतकालिन अवस्था समाप्त गर्ने निर्णय गरेपछि, सुगाले पत्रकार
सम्मेलनमा बोल्दै केही दर्शकहरू खेल हेर्न प्रवेश दिने आशय व्यक्त गरेका थिए ।
जापान सरकारले भनेको छ कि
आपतकाल अन्त्यपछि जापानमा ठूला कार्यक्रमहरूमा १०,००० जनासम्म प्रवेश
अनुमति दिइनेछ ।
जापान सरकार र ओलम्पिक
अधिकारीहरूले ओलम्पिकमा जुलाई २३ देखि पाराओलम्पिक अवधिसम्म अर्धआपतकालिन नीति
लागू गर्ने विचार गरिरहेको बताइन्छ ।

Comments
Post a Comment