टोकियो, जापान ।
२०२० टोकियो ओलम्पिक तथा
पाराओलम्पिक सुरक्षार्थ आयोजकहरुले कार्यक्रममा दैनिक १८ हजार निजी सुरक्षा
गार्डहरू तैनाथ गर्ने भएका छन् ।
हजारौं सुरक्षा कर्मचारीले
स्थानीय प्रहरीको साथमा ४३ ओलम्पिक स्थलहरू र वरपरका क्षेत्रहरुमा गस्ती गर्ने छन्
।
ओलम्पिक अधिकारीहरूले
निजी सुरक्षा गार्डहरुको तैनाथी योजनाले अधिकतम सुरक्षा सुनिश्चित गर्ने बताएका
छन् ।
आयोजकहरूले निजी सुरक्षा
गार्ड भर्तीसँग सन्तुष्टि जनाएका छन् । निजी सुरक्षा गार्ड परिचालनको अनावरण गरेका
आयोजकले पछिल्ला खेलहरूमा प्रायः पर्याप्त निजी सुरक्षा कर्मचारीहरू अभावका
चुनौतीहरूको सामना गरेका थिए ।
दर्शक संख्या निश्चित
नभएसम्म खेल स्थलहरूमा खटिने कर्मचारी र सुरक्षाकर्मीहरुको संख्यालाई अन्तिम रूप
दिने कुरामा आयोजकले लचिलोपन अपनाईरहेका छन् । किनभने अझैपनि कुन खेल स्थलमा कति
दर्शक र आयोजक सदस्य रहने तथा मिडियाकर्मी लगायतको कुल संख्या तोकिसकिएको छैन ।

Comments
Post a Comment