टोकियो, जापान ।
जापानले कोरोना भाइरसको
डेल्टा भेरिएन्टबाट प्रभावित नेपालबाट आउने ओलम्पिक खेलाडीहरुलाई थप कोरोना
परीक्षण गर्न लगाउने भएको छ ।
जापानले नेपाल सहित भारत
र अन्य पाँच देशबाट टोकियो ओलम्पिक्समा सहभागी हुनका लागि प्रस्थान गर्नु अघि सात
दिन सम्म कोरोना भाइरसको परीक्षण गर्न भन्नलागेको जापानी पत्रिकाले समाचार छापेको
छ ।
अहिले सीमापारबाट आउने
सबै खेलाडीहरुलाई जापान आउनु अघिको चार दिनको अवधिमा दुई पटक परीक्षण गर्न भनिएको
छ । ओलम्पिक्स जुलाई २३ देखि शुरु हुँदैछ ।
जापान सरकारले नयाँ नियम
भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान, श्रीलंका र
अफगानिस्तानबाट आउने खेलाडीहरुमा लागू गर्ने लक्ष्य लिएको स्रोतलाई उद्धृत नगरी
योमिउरी शिम्बुनले समाचार छापेको हो । नयाँ नियम जुलाई
१ देखि लागू हुने बताइएको छ । युगान्डाबाट आउने ओलम्पिक्स टोलीका एक सदस्यमा
डेल्टा भ्यारिएन्टको संक्रमण पूष्टि भएको शुक्रबार ओलम्पिक्स मन्त्री तामायो
मारुकावाले बताएका थिए । यसले प्रतियोगिताका कारण जापानमा संक्रमणको नयाँ लहर शुरु
हुने हो कि भन्ने चिन्ता बढाएको छ ।

Comments
Post a Comment