टोकियो, जापान ।
गैर आवासिय नेपाली संघ
जापानको आगामी नेतृत्वको लागि राम थापा 'अनिल'ले उपाध्यक्षमा
उम्मेद्धारी घोषणा गर्नुभएको छ ।
एनआरएन जापानको सन्
२०२१-२०२३ नेतृत्वमा उम्मेद्धारी घोषणा आउनेक्रम बढिरहँदा थापाले आफ्नो
उम्मेद्धारी घोषणा गर्नुभएको हो ।
हाल एनआरएनए जापानको युवा
संयोजक रहनुभएका थापाले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफुले उम्मेद्धारी
घोषणा गरेको जानकारी दिनुभयो ।
सन् २०१५-२०१७ मा एनआरएनए
जापानको केन्द्रिय सदस्यमा निर्वाचीत हुनुभएका थापा यसअघि २०१७-२०१९ मा
सह-कोषाध्यक्ष रहनुभएको थियो । थापा हालको कार्यसमितिमा युवा संयोजकको रुपमा
रहनुभएको छ ।
बाग्लुगं गल्कोटमा
जन्मिएर चितवनमा हुर्किनुभएका थापा डेढ दशक देखी जापानमा सपरिवार बस्दै आउनुभएको छ
। हाल रेष्टुरेण्ट व्यवसायमा आवद्ध थापा चितवन समाज लगायत सामाजिक संघसंस्थामा
आवद्ध हुनुहुन्छ ।
एनआरएनए जापानभित्र भएको
भनिएका आर्थिक अनियमितता तथा अन्य विवादित विषयमा आफु कहिलेपनि नमुछिएको बताउँदै
थापाले आफुले सँधै संस्थाभित्र आर्थिक पारदर्शिता र संस्थागत एकताको लागि आवाज
उठाउँदै आएको बताउनुभयो ।
'नेपालीका लागि नेपाली
भन्ने नारामा म कटिबद्ध छु, संस्था व्यक्तिको
होईन हामी सबैको साझा थलो हो' एनआरएनए जापान
राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदमा उम्मेद्धारी दिनुभएका राम थापा 'अनिल'ले भन्नुभयो 'सबै जापानवासी
नेपालीहरुलाई थप एकताबद्ध बनाएर, अहिले देखिएको
विवाद र अपारदर्शितालाई हटाउन आगामी कार्यकालमा डटेर लाग्नेछु, मलाई विश्वास छ जापानवासी सबै नेपालीको साथ र
सहयोग यसअघि जस्तै पाउनेछु ।'

Comments
Post a Comment