मोरिओका, इवाते ।
एक ९ बर्षे बालकले कार
चलाएर कुदाउदा अर्को कारमा ठक्कर दिएर दुई जनालाई घाइते बनाएका छन ।
घटना इवाते प्रान्त
कितायामा, मोरिओका शहरको हो । जुन ५
तारिख शनिबार साँझ ५:३० बजेको समयमा ति बालकले चलाएको कार सडक बत्ती रातो बलेको
समयमा पार गर्न कुरिरहेको एक अर्को कारलाई ठोक्काउन पुगेका थिए । प्रहरिका अनुसार
बालकले चलाएको कारलाई आधा दर्जन प्रहरिको गाडिले पिछा गरिरहेको समयमै दुर्घटना
भएको हो ।
बालकले चलाएको कारमा
अन्यकोही पनि यात्रु नरहेको र उनी मोरिओका शहर बस्ने गरेको प्रहरिले बताएको छ ।
दुर्घटनामा परी ठक्कर खाएको दुबै कारमा सवार घाइते भएका छन । जसमा ९ बर्षे बालक र
अर्को कारकी चालक ३० बर्षिय महिला रहेको र दुबैको अवस्था सामान्य रहेको प्रहरिको
भनाइ छ ।
दुर्घटना हुनुभन्दा केही
अघि प्रहरीलाई बालकको आमाले आफ्नो छोराले कार लिएर हिँडेको भन्दै खवर गरेकी थिईन्
। कारको चावि हराएछि खोज्दा कारपनि नभएको र छोरापनि नभेटेपछि महिलाले तत्काल
प्रहरीलाई खवर गरेकी थिईन् । प्रतिघण्टा ३० देखी ४० किलोमिटरको गतिमा कार कुदाएका
बालक र घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Comments
Post a Comment