टोकियो ओलम्पिकमा दर्शक राख्ने योजना ‘बुझ्न नसकिने’ कदम

 



टोकियो, जापान ।

टोकियो ओलम्पिक्समा प्रतियोगिता हुने स्थलको क्षमताको ५० प्रतिशत वा १० हजारसम्म दर्शकलाई आउन दिने निर्णय गरिएको छ ।

जापान सरकार, टोकियो ओलम्पिक्स र पारालिम्पिक्स आयोजक समिति र अन्य निकायहरुले गरेको यो निर्णय बुझ्न नसकिने कदम भएको टोकियो मेडिकल संघका अध्यक्ष हारुओ ओजाकीले भनेका छन् । पछिल्लो निर्णयसँगै कोरोना भाइरसको महामारीबीच पनि प्रतियोगिता दर्शक राखेर हेरिनेतर्फ आयोजकहरू अगाडि बढेका छन् ।

प्रतियोगिता रद्द गर्नेबारे विचार गर्न वा अवस्थाअनुसार दर्शक नै नराखीकन गर्न अनुरोध गर्दै टोकियो मेडिकल संघको साथमा अन्य मेडिकल संघ संस्थाहरुले आयोजक समितिलाई जुन १८ मा संयुक्त रुपमा लिखित विज्ञप्ति बुझाएका थिए । तर जुन २१ मा आयोजक समितिसमेत संलग्न पाँच पक्षीय छलफलमा प्रतियोगिता स्थलको क्षमताको ५० प्रतिशत ननाघ्नेगरी बढीमा १० हजार दर्शकलाई आउन दिइने निर्णय गर्यो ।

सरकारको पछिल्लो निर्णयका कारण सर्वसाधारणहरुले पनि जोखिमयुक्त व्यवहार नगर्न सरकारले गर्ने अनुरोधको पालना गर्न बन्द गर्न सक्ने र कोरोना भाइरसको संक्रमण थप बल्झिएर संक्रमण नियन्त्रणको प्रयास विफल हुन सक्ने चिन्ता चिकित्साकर्मीहरुले व्यक्त गरेका छन् । खोप कार्यक्रममा केही प्रगति भएको र स्वास्थ्य उपचार प्रणालीमा अवरोध रोक्न सम्भव भएसम्म सबै गरेको टोकियो ओलम्पिक्स आयोजक समितिकी अध्यक्ष सेइको हाशिमोतोले जुन २१ मा बसेको बैठकमा भनिन् ।

समितिका अनुसार सहकार्य गरिएका विद्यालयहरुबाट प्रतियोगिता हेर्न आउने विद्यार्थीहरुलाई दर्शकको १० हजारको सीमामा गनिने छैन । अन्तराष्ट्रिय ओलम्पिक समितिका सदस्य अनि प्रयोजक लगायत सरोकारवालाहरुमा पनि यही लागू हुनेछ । आयोजकहरुले सरकारले तोकेको सीमा भन्दा बढी संख्यामा प्रतियोगिता स्थलमा दर्शकलाई आउने अनुमति दिने नीतितर्फ औंल्याएका छन् ।

यद्यपि, बारम्बार सुरक्षित र भयरहित रुपमा भन्ने शब्द चाँहि निकै दोहोर्याइयो । टोकियोमा नयाँ संक्रमितको संख्या सबै भन्दा न्यून स्तरमा आइसकेको देखिएको छ । जुन १६ देखि १८ को संक्रमित संख्या अघिल्लो हप्ताको सोही बारको भन्दा धेरै छ । जुन २१ सम्मको साप्ताहिक औसत दैनिक संक्रमितको संख्या ३९१ द्यशलमव ९ रहेको छ । यो अघिल्लो हप्ताको तुलनामा १०३ प्रतिशत धेरै हो ।

                टोकियोमा संक्रमितको संख्या घटेर दोस्रो स्तर वा सो भन्दा पनि तल नआएसम्म वा नयाँ संक्रमितको संख्या दैनिक सय वा सो भन्दा तल नआउँदासम्म टोकियो ओलम्पिक्सको आयोजना गर्न गाह्रो हुने ओजाकीले बताएका थिए । उनका अनुसार अन्य नगरपालिकाका तुलनामा टोकियोमा संक्रमणको अवस्थामा सुधार भएको छैन र संक्रमण बल्झिने स्पष्ट संकेत देखिएको छ । आफूहरुले अहिलेको एक महीना पछि ओलम्पिकको आयोजना गर्ने हो भने मानिसहरुको आवागमन बढ्ने, संक्रमितको संख्या पनि बढ्ने अनि स्वास्थ्य प्रणालीमा अत्यधिक चाप हुने ओजाकीको भनाइ छ ।

प्रतियोगिताका कारण विश्वभरबाट टोकियोमा मानिसहरु ओइरिँदा सर्वसाधारणहरुलाई भने बारम्बार प्रतिबन्ध लगाएर मानिसको आवागमन रोक्न निश्चित खालको गतिविधि नगर्न अनुरोध गर्ने दोधारे कुरा आफूले स्वीकार गर्न नसकेको पनि उनले बताए ।

               

शुरुमा प्रतियोगिता नै हुने नहुनेमा आशंका थियो । तर अचानक दर्शक बिना प्रतियोगिताको आयोजना हुने विकल्प बाहिर किन सोचिरहेको अनि प्रतियोगिता स्थलमा १० हजार दर्शकलाई आउने दिनेबारे कुराकानी गरिरहेको भन्दै उनले उल्टै प्रश्न गरेका छन् ।

जस्तो सुकै अवस्थामा पनि प्रतियोगिताको आयोजना हुन्छ भन्ने कुरामा जोड दिँदा सर्वसाधारणहरुले आत्म संयमित बन्ने प्रेरणा गुमाउने अनि अवस्था नियन्त्रण बाहिर जाने पनि उनले बताए । टोकियो मेडिकल संघले गरेको सर्वेक्षणमा ३० प्रतिशतले प्रतियोगिता रद्द गर्नु पर्ने बताउँदा ३८ दशमलव ३ प्रतिशतले चाँहि दर्शक बिना गर्नु पर्ने बताए ।

१३ दशमलव ३ प्रतिशतले भने प्रतियोगिता थोरै संख्यामा दर्शक राखेर संक्रमण विरोधी सबै उपायहरु अपनाएर गर्नु पर्ने बताए । यसको अर्थ करीब ७० प्रतिशत उत्तरदाताले प्रतियोगिता रद्द गर्नु पर्ने वा दर्शक नरखी गर्नु पर्ने धारणा राखेका छन् । धेरैजसो अस्पताल र क्लिनिकसँग खोप कार्यक्रम र अन्य कामका कारण थप ऊर्जा वा समय नै बाँकी छैन ।

 



Comments