जापानमा चिठ्ठी/पत्र बोक्ने गाडी नै चोरी भएपछि ,२३० चिठ्ठीहरु अन्यौलमा

 



जापान।

जापान पोस्टको क्युसु शाखाले, कुमामोतो, सेन्ट्रल पोस्ट अफिसको , पोस्टल सामग्री(चिठ्टी पत्र तथा सामानहरु) संकलन गर्ने सवारी साधन चोरी भएको घटना सार्वजनिक गरेको छ ।

 

करबि २३० वटा चिठ्ठीपत्र तथा, केहि पैसा र अन्य सामानहरु समेत रहेको उक्त पोस्ट अफिस(हुलाक)को भ्यान यहि मे ३ तारिख चोरी भएको जनाईएको छ ।

 

 

शाखा कार्यलयले बताए अनुसार, सानो खालको डाँक ( चिठ्ठी/पत्र) संकलन सवारी साधन चोरी भएको हो ।३ तारिख साँझ ७ बजेतिर। उक्त भ्यान चालक( संकलक) भ्यानमा नरहेको( सामानहरु संकलनमा गएको )समय पारेर, उक्त भ्यान चोरी भएको बताईएको छ । चाबी नलगाई, रोकेर छोडिएको अवस्थामा चोरी भएको हो ।

 

भलिपल्ट ( ४ तारिख) दिउँसो १ बजेतिर फेला परेको बताईएपनि कहाँ भेटिएको भन्ने बारे केहि खुलाईएको छैन ।

 



Comments