जापान जस्तो बिकसित देशमा
कसलाई चाहि PR लिएर बस्न मन हुन्न
होला।सुरक्षा, स्थिरता र यो देशको विकास
हेर्ने हो भने यहाँ को नागरिक बन्न नरुचाउने मान्छे कम नै हुन्छन। अझ अल्प बिकशित
मुलुक जहाँ अशान्ति र अस्थिरता छ, उनीहरुको लागि त
जापान स्वर्ग नै बन्न पुग्छ।
जापानको अर्थ तन्त्र उछ
गतिमा नबढेको भए पनि भरपर्दो र स्थिर छ। आपराधिक क्रियाकलाप हेर्ने हो भने बिस्व
कै नमुना देश मध्य जापान पर्छ।यति धेरै जना घनत्व भएता पनि जापान निकै शान्त र
सन्तुलित छ। अंग्रेजी भाषा बोल्नेहरुको लागि यहाँ रोजगारीको पनि राम्रो व्यवस्था
छ। जापान को कानुन पनि प्रगतिशिल छ। पश्चिमी मुलुकझै मानब अधिकारको सुनिश्चितता र
स्वतन्त्रताले जापान धेरैको रोजाइको देश हो।
तर पनि पश्चिमी मुलुक सरि
जापानको नागरिक भएर बस्न पाउन सजिलो भने पक्कै छैन। यहाँ सधैको लागि बस्नको लागि
गरिने प्रोसेस निकै झन्झटिलो छ। तिन वा पाच वर्षको वर्किङ्ग भिजा हजुरले ठिक्कको
काम भयो भने पाउन सक्नु हुनेछ।तर यहाँ सधैकोलागि बस्न आवस्यक पर्ने PR बनाउन तपाइको पारिवारिक स्थिति, करिअर, स्किल र हजुरको
देशले ठुलो भूमिका खेल्छ। यो लेखमा हजुरहरुलाई जापानी नागरिक हुन आपनाउनु पर्ने
केहि स्टेप हरु बताउछु
न्याचुरलाईजेसन
jp.fotolia.com/
न्याचुरलाईजेसन भनेको
जापानी नागरिक बन्ने बिधि हो। यो मलाई जापान मन पर्छ, मेरो यहाँ जब पनि छ भनेको जस्तो सजिलो छैन।
न्याचुरलाईजेसन सुरु गर्नु अगाभ धेरै कुराको ध्यान दिनु पर्ने हुन्छ।हतारमा
गर्नाले समय र पैसाको मात्र बर्बादी हुन्छ। ध्यान दिनु पर्ने कुरालाई दुई भागमा
बिभाजन गर्न सकिन्छ।एउटा हो कन्डिसन र अर्कों चाही हजुरको रोजाइ।यदि तल दिएको सबै
कन्डिसन हजुरले पुरा गर्नु भएको छैन भने एप्प्लिकेसन सुरु नगर्दा राम्रो हुन्छ।
त्यसै गरि हजुरले रोज्नु
पर्ने कुरा चाहि PR वा सिटिजनसिप भन्ने
हुन्छ। PR
ले हजुरलाई जापानमा
स्थाही बसोबास गर्ने अधिकार दिन्छ भने सिटिजनसिपले जापानी नागरिकको हैसियत दिन्छ।
सिटिजनसिपले हजुरले जापानी नागरिक सरह भोट, पब्लिक जब गर्न, रि इन्ट्री परमिट बिना कतै लामो समय घुम्नजानको
अधिकार पाउनु हुनेछ। यो दुई मध्य एकको रोजाइले हजुरको जिबन परिवर्तन गर्न सक्ने
हुनाले यो सोच विचार गरेर लिने निर्णय हो।
कन्डिसनहरु
jp.fotolia.com/
माथि उल्ल्लेख गरिएको
न्याचुरलाईजेसनको लागि पुर्याउनु पर्ने कन्डिसनहरु तल उल्लेखित छन्।
१. जापानमा कम्तिमा पनि ५
वर्ष काम गरेको हुनु पर्ने। सो अबधि भर जापानमा कमसेकम ८०% लामो बसाइ हुनु पर्ने।
पढ्नको लागि आएका स्टुडेन्ट भिजाको अबधि मान्य नहुने।
२. एप्लिकेसनको बेला
हजुरको उमेर २० वर्ष माथिको हुनु पर्ने र हजुरको देशमा हजुरलाई वयस्कको रुपमा लिनु
पर्ने।
३. हजुरले आफ्नो जापानको
बसाईमा यहाको नियम उलनघन्न गरेको हुनु नहुने। वा हजुरले आफ्नो ट्याक्स र
ईन्सुरेन्सको पूर्ण भुक्तानी गरेको हुनु पर्ने। सानो मा सानो ट्राफिक नियम
उक्ल्लान्घनले सुद्ध हजुरको प्रोसेसमा बाधा गर्न सक्छ।
४. हजुरको मानसिक अवस्था
ठिक हुनु पर्ने। हजुरको बसाइले जापानमा कुनै सामाजिक खतरा पैदा हुनु नहुने।
५. सिटिजनसिप रोज्नेहरुले
आफ्नो पहिलेको नागरिकता त्याग गर्नु पर्ने।
६. हजुरसंग जापानमा बसेर
आफ्नो जीवन धान्न सक्ने कमाई वा स्थिर जब हुनु पर्ने।हजुरले जापानी समाजको लागि
आफ्नो काम द्वारा केहि योगदान दिन सक्ने।
७. हजुरलाई जापानी भाषा
सामान्य लेखपढ र बोल्न आउने हुनु पर्दछ।
अरु ध्यान दिनु पर्ने
केहि कुराहरु
jp.fotolia.com/
१. न्याचुरलाईजेसन
एप्लिकेसन “Bureau of Legal Affairs” मा गर्नु पर्दछ।
एप्लिकेसन पारित हुन १० महिना देखि १ वर्ष लग्न सक्दछ।एप्लिकेसन सफल भएको खण्डमा
हजुरले एउटा पहिचान कार्ड पाउनु हुनेछ। त्यसलाई “Personal Identification कार्ड” भनिन्छ। त्यसपछि हजुरले आफ्नो रास्त्रियता
सियाकुस्यो वा कुयाकुस्योमा गएर रिपोर्ट गर्नु पर्ने हुन्छ। हजुरको नया जापानी
रास्त्रियता स्वीकृत भएपछि हजुरले आफ्नो अहिलेको रेसिडेन्स कार्ड फिर्ता दिनु
पर्ने छ। त्यस पश्चात हजुर पूर्ण रुपमा जापानी नागरिक हुनु हुनेछ।
२. हजुरले जापानी नागरिक
बिबाह गर्नु भएको खण्डमा हजुरको एप्लिकेसन गर्न चाहिने समय ५ वर्ष बाट घटेर तिन
वर्षको बन्नेछ।त्यसकोलागि हजुरले आफ्नो बिबाह नक्कली नभएको साबित गर्नु पर्नेछ र
पछि केहि गरि सम्बन्ध विच्छेद पश्चातपनि फ्यामिलीको आर्थिक भर हेर्ने
बताउनुपर्नेछ।
३. HSPs वा ” Highly Skilled Professionals” लाई न्याचुरलाईजेसनमा प्राथमिकता दिईने गरिएको
छ।
४. जापानले जुस सनगुइनिस
अर्थात् रास्त्रियता रगतको नाताले प्रदान गर्छ। जुस सोली अर्थात् जन्मिएको स्थानले
कोहि जापानी नागरिक हुन पाइदैन।
माथि उल्लेखित कुराहरु
जापानमा PR
वा सिटिजनसिप पाउनको लागि
आवस्यक केहि हुन्। तर न्याचुरलाइजेनको लागि यी कुराहरु आधारभूत हुन्। पूर्ण
जानकारीकोलागि नजिकको ईइमिग्रेसन अफिसमा गई बुझ्नुहोस्।

Comments
Post a Comment