टोकियो, जापान ।
जुलाई २३ देखि शुरु हुन
लागेको टोकियो ओलम्पिक्समा सहभागी हुन कयौं विदेशी खेलाडी धमाधम जापान आउन थालेका
छन् ।
बिहिबारदेखि शनिबारसम्म
देशभित्र १८ देश तथा क्षेत्रका ओलम्पिक टोलीका ४०० सदस्य आउने अपेक्षा गरिएको
जापान सरकारले बताएको छ ।
नारिता, विमानस्थल, हानेदा विमानस्थल र चुओ विमानस्थलबाट उनीहरु सिधैं देशभर
रहेका प्रतियोगिता पूर्वको क्याम्पसमा जानेछन् । बिहिबार अमेरिकी बक्सिङ टोलीका २०
सदस्य नारिता आएका थिए ।
सर्वसाधारणसँगको सम्पर्क
टार्न र संक्रमण फैलिन नदिन उनीहरुले प्रवेश प्रक्रियाका लागि खेलाडीका लागि भनेर
छुट्टयाइएको लेन प्रयोग गरेका थिए ।
धमाधम विदेशी टोलीहरु
आउँदै गर्दा जापानी अधिकारीहरुले संक्रमण नियन्त्रण गर्न सीमामा नियन्त्रण समेत
कयौं उपायहरु अपनाउन अनुरोध गरेका छन् ।

Comments
Post a Comment