टोकियो, जापान ।
जापानले जुलाई २६ देखि
कोभिड-१९ विरोधी खोप पूरा लगाएका मानिसहरुका लागि खोप पासपोर्टका लागि आवेदन लिन
थाल्ने भएको छ । सरकारको शीर्ष प्रवक्ताले आइतबार यस्तो बताएका हुन् । यस्ता
प्रमाणपत्रलाई घरेलु आर्थिक गतिविधिका लगि पनि प्रयोग गर्ने कि नगर्ने भन्नेबारे
पनि सरकारले बिचार गर्ने एनएचकेको एक कार्यक्रममा मन्त्री परिषद्का मुख्य सचिव
खाचुनोबु कातोले बताएका हुन् ।
व्यवसायिक वृत्तहरुमा
घरेलु स्तरमा पनि यस्तै खालको पासपोर्ट प्रयोग गर्न अनुरोध गरिरहेका छन् । तर
आफूहरुले खोप नलगाएहरुप्रति भेदवाव गर्न वा उनीहरुलाई बाध्य बनाउन अनुमति नदिने
पनि उनले बताए ।
खोपसम्बन्धी प्रमाणपत्र
कुनै व्यक्तिले कोभिड विरोधी खोप पूर्ण रुपमा लगाएको छ भन्ने देखाउन
नगरपालिकाहरुले जारी गरेको आधिकारिक रेकर्ड हुनेछ । यसमा बाहकको नाम, पासपोर्ट नम्बर र खोप लगाएको मिति लगायत
जानकारीहरु हुनेछन् ।
प्रमाणपत्र जुलाईको
अन्त्यसम्ममा जारी हुने गत महीना कातोले बताएका थिए , यो शुरुमा कागजी स्वरुपमा हुनेछ । डिजिटल स्वरुपबारे पछि
मात्रै विचार गरिने बताइएको छ । यस्ता प्रमाणपत्रहरुलाई कार्यक्रममा सहभागीको
संख्यामा लगाइएको सीमा हटाउन वा रेस्टुरेन्टहरुमा छूटका लागि प्रयोग गर्न प्रस्ताव
जापानको सबैभन्दा ठूलो व्यापारिक समूह जापान विजनेश फेडरेशन (केइदान्रेन)ले गरेको
थियो ।
यूरोपेली संघ र दक्षिण
एशियाली देशहरुको संगठन (आशियान)ले पनि आफ्ना सदस्य देशबाट अन्तरराट्रिय यात्राका
लागि खोप प्रमाणपत्र शुरु गर्दैछ । जापानले आफ्नो खोप पासपोर्टलाई इटली, फ्रान्स र ग्रिससमेत १० भन्दा बढी देशहरुमा
स्वीकार गर्न लगाउन खोजिरहेको छ । खोप पासपोर्टबाहकहरुलाई क्वारन्टिनमा छूट वा
क्वारन्टिन अवधि कटौतीको अपेक्षा गरिएको छ ।
तर यसबारेमा जापानले
बिदेशी यात्री प्रवेशमा दिईने छुट लगायका विषयमा स्पष्ट विवरण बाहिर ल्याईसकेको
छैन ।

Comments
Post a Comment