टोकियो, जापान ।
टोकियो २०२० ओलम्पिक
खेलहरुको लागि ट्राफिक नियन्त्रण नियमहरु लागू गराउन सुरु गरिएको छ ।
टोकियो खेल सवारी
साधनहरूको लागि निर्धारित लेन संकेत गर्ने काम आइतबार टोकियोको कोतो वार्डमा
ट्राफिक प्रतिबन्धहरू सुरु हुनुभन्दा अघि रंगाइएको छ ।
टोकियो ओलम्पिक र
पाराओलम्पिक सम्बन्धित सवारिसाधनहरुका लागि तोकिएको र प्राथमिकताका लेन सोमबार
टोकियो र चिबा प्रान्तमा निर्धारण गरिएको छ ।
निर्धारित लेनहरूले
टोकियोको आरिआके जिल्लाको वरिपरि २.४ किलोमिटर क्षेत्र समेट्छ । जहाँ धेरै खेलका
स्थानहरू केन्द्रित छन् । शिन्जुकु वार्डमा रहेको राष्ट्रिय रंगशाला र चिबा शहरको
माकुहारी मेस्से त्यस्ता विशेष क्षेत्रमा पर्दछन् ।
सेतो अक्षरमा लेखेर
तोकिएका निर्धारित लेनहरू केवल ओलम्पिक खेल सम्बन्धित गाडीहरूका लागि मात्र खुला
गरिएका छन् । अर्थात् अन्य सवारी साधनले प्रयोग गर्न पाउदैनन् । सामान्य वाहनहरूले
त्यस्तो क्षेत्रमा यात्रा गर्दा बाटोको दायाँ क्षेत्र प्रयोग गर्नुपर्दछ ।

Comments
Post a Comment