जापानभर भारी वर्षा जारी, यि क्षेत्रमा सतर्क रहन सुचना

 




टोकियो, जापान ।

शुक्रबार प्रशान्त महासागरतर्फ रहेको जापानको पूर्वदेखि पश्चिमसम्मकै क्षेत्रमा भारी वर्षा हुने अनुमानसँगै जापानको मौसम विभाग (जेएमए)ले सर्वसाधारणहरुलाई पहिरो, न्यून तटीय क्षेत्रमा बाढी आउनुका साथै नदीमा पानीको बहाब बढ्ने जस्ता अवस्थाप्रति सतर्क रहन अनुरोध गरेको छ ।

जापानको प्रशान्त महासागरतर्फको हिस्सामाथि रहेको मौसमी वर्षा गराउने बादलहरु शनिबारसम्म उत्तरतर्फ बहिरहने अनुमान गरिएकोले मौसम अस्थीर हुने एजेन्सीले बताएको छ । बिजुली चम्कने, आँधीबेहरी आउन सक्ने अवस्थाप्रति पनि सचेत रहन एजेन्सीले भनेको छ ।

शनिबार बिहान ६ बजेसम्मको २४ घन्टामा मध्य जापानको तोकाई क्षेत्रमा २५० मिलिमिटरसम्म वर्ष हुने अनुमान गरिएको छ । मध्यदेखि पूर्वी जापानको कान्तो–कोशिन क्षेत्रसम्म अधिकतम् २०० मिलिमिटरसम्म वर्षा हुने अपेक्षा गरिएको छ ।

त्यस्तैगरी, पश्चिम जापानको किन्की क्षेत्रमा १८० मिलिमिटर र दक्षिणी क्युशु क्षेत्र र दक्षिण पश्चिमको आमामी टापुमा पनि १२० मिलिमिटर वर्षा हुने बताइएको छ ।

 



Comments