जापान बस्ने नेपालीहरुको संख्या ९५ हजार ९ सय ८२, सबै भन्दा धेरै डिपेण्डेण्ट

 



दीपक गौतम,जापान/टोकियो।विभिन्न स्टाटसमा जापान बसोबास गर्ने नेपालीहरुको संख्या ९५ हजार ९ सय ८२ पुगेको छ । जापानको अध्यागमन विभागले हालै जारी गरेको तथ्यांक अनुसार जापान बसोबास गरिरहेका नेपालीहरु मध्य सबै भन्दा धेरै डिपेण्डेण्ट भिषामा छन् ।

 

तथ्याङ्कका अनुसार डिपेण्डेण्ट भिषामा जापानमा रहेका नेपालीहरुको संख्या ३१ हजार ३३४ छ । त्यसपछि ठुलो संख्यामा नेपाली बिद्यार्थीहरु जापानमा रहेको अध्यागमनले जानकारी गराएको छ । अघिल्लो वर्षको डिसेम्बर अन्त्य सम्म जापानमा २३ हजार ११६ जना बिद्यार्थी बसोबास गरिरहेको उक्त तथ्याङ्कमा उल्लेख गरिएको छ ।

 

स्किल लेवर (कुक) १२ हजार ५२४, प्राबिधिक, मानविकी ज्ञान

तथा अन्तर्राष्ट्रिय व्यापार १५ हजार ५८१, बिशिष्ट कौशल (१) १३५, ट्रेनिङ्ग ४४७, सास्कृतिक गतिबिधि ४, नर्सिङ्ग क्षेत्रमा १२४, शिक्षक १६, रिसर्च ६, स्वास्थ्यकर्मी १, कम्पनि भित्र सरुवा भएका ६८, बिजनेस १ हजार ७०८, प्राध्यापक ३७, कलाकारिता क्षेत्रमा ८, धार्मिक क्षेत्रमा २, संचार क्षेत्रमा १ गरि विभिन्न स्टाटसमा जापान बस्ने नेपालीहरु रहेका छन् ।

 

अध्यागमनका अनुसार जापानको पिआर लिएका नेपालीहरुको संख्या (एइज्यू) ५ हजार १७९, पिआर पाएकाहरुका पारिवार ७६२, जापानी नागरिक संग बिहे गरेकाहरु १ हजार ५८, तेइज्यू प्राप्त (जापान बसी माध्यमिक तह सम्मको अध्यन गरिरहेका लगाएत) ८८४ र बिशेष पिआर लिएकाहरु ३ जना रहेका छन् ।

 

त्यसैगरी जापानमा शरणार्थी मान्यता पाउनु पर्ने माग गर्दै निबेदन दिनेको संख्या १ हजार ५३ रहेको छ । (तथ्याङ्क: अध्यागमन बिभाग)

 


Comments